मुख्य समाचार समाचार हेडलाईन न्युज

संसद् विघटनसम्बन्धी परेका रिटको सुनुवाइ:गठन भयो संवैधानिक इजलास

सुनकोशी न्युज
२०७८ जेष्ठ १४ गते शुक्रबार

काठमाडौं – संसद् विघटनसम्बन्धी परेका रिटको सुनुवाइ आजदेखि संवैधानिक इजलासमा हुने भएको छ ।
त्यसकालागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठन गरेका छन् । प्रधानन्यायाधीश राणासहित दीपकुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास गठन भएको छ ।
प्रधान न्यायाधीशले आफूसहित रोष्टरमा रहेका सिनियर न्यायाधीश मध्येबाट इजलास गठन गर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ १४, २०७८