मुख्य समाचार शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

नेपालमा थप ६ हजार ९ सय ३९ जनामा कोरोना: १०६ जनाको मृत्यू

सुनकोशी न्युज

२०७८ जेठ १३ गते बिहीबार

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३९ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ४ सय १४ पीसीआर परीक्षणबाट देशभर ६ हजार ७ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ५ सय ७८ एन्टिजेन परीक्षणमा २०८ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी संक्रमितको संख्या ६ हजार ९ सय ३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ।

यस्तै २४ घण्टामा ७ हजार २ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख १८ हजार ८ सय २९ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४ सय ७६ पुगेको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ १३, २०७८

ताजा अपडेट