मुख्य समाचार समाचार हेडलाईन न्युज

ओलीविरुद्ध निर्णायक संघर्षमा होमिन नेपाल खनालसमूहको अपिल: योगेश, गोकर्णको पनि साथ

सुनकोशी न्युज
२०७८ जेष्ठ १२ गते बुधबार

काठमाडौं – नेकपा (एमाले)का कारबाहीमा परेका माधवकुमार नेपाल, झलनाथ खनाल सहित १५ जना नेताहरूले सामूहिक वक्तव्य निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध निर्णायक संघर्षमा होमिन अपिल गरेका छन् ।
उनीहरूले बुधबार संयुक्त वक्तव्य जारी गर्दै ओलीको निरंकुश र प्रतिगामी काम कारबाहीविरुद्ध एकता र सहकार्यका लागि सबै नागरिकलाई आह्वान गरेका हुन् ।
‘केपी ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरूको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो समय पार्टी मिलाउन सक्रिय रहेका योगेश भट्टराई र गोकर्ण विष्टले पनि वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूसँग मिलेर वक्तव्य निकालेका छन्।

प्रकाशित मिति: बुधबार, जेष्ठ १२, २०७८