मुख्य समाचार समाचार हेडलाईन न्युज

नेपालमा पछिल्लो २४ घण्टामा ६७१४ जना कोरोना संक्रमित : १४५ मृत्यु

सुनकोशी न्युज
२०७८ जेठ १२ गते बुधबार

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ६ हजार ७ सय १४ संक्रमित थपिएका छन् ।
१९ हजार ३ सय ५२ वटा नमुनाको परीक्षण गरिएकोमा छ हजार ७१४ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या ५ लाख ३५ हजार ५ सय २५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४५ संक्रमितको मृत्यु भएको छ  । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४५ पुगेको छ ।

यस्तै, नेपालमा आजसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ११ हजार ६ सय ३ पुगेको छ ।

अहिले मुलुकभर सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ रहेको छ । हाल क्वारेन्टिनमा ८ सय ५३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ १२, २०७८