मुख्य समाचार समाचार हेडलाईन न्युज

खनाल र नेपालसहित विघटित प्रतिनिधिसभाका ११ सांसदलाई पार्टीबाट निष्कासन

सुनकोशी न्युज
२०७८ जेष्ठ १० गते सोमबार

काठमाडौं -सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित विघटित प्रतिनिधिसभाका ११ सांसदलाई पार्टीको साधरण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको बैठकमा यसअघि शनिबारको बैठकले स्पष्टीकरण सोधिएका झलनाथ खनाल,माधव नेपाल र भीम रावलसहित ११ जनालाई निष्कासन गर्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।
बैठकले झलनाथ खनाल, माधव नेपाल,भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरूलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेको हो।
यस्तै, बैठकले अरू १२ जनालाई पनि २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

प्रकाशित मिति: सोमवार, जेष्ठ १०, २०७८