मुख्य समाचार समाचार हेडलाईन न्युज

नेपालमा थप ७ हजार ४ सय २५ जनामा कोरोना: १८५ जनाको मृत्यू

सुनकोशी न्युज

२०७८ जेठ १० गते सोमबार

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ४ सय २५ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ८ सय ४६ पीसीआर परीक्षणबाट देशभर ७ हजार २ सय २० जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ६ सय ७ एन्टिजेन परीक्षणमा २०५ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी संक्रमितको संख्या ७ हजार ४ सय २५ पुगेको छ ।

थपिएकामा १ नं प्रदेश ७९३, २ नं प्रदेश ४७२, बाग्मती ४६१७, गण्डकी ३४८, लुम्बिनी ५७४, कर्णाली १५०, सुदुरपश्चिम् २६७ जना संक्रमित रहेकाछन्।

पछिल्लो २४ घण्टामा थप १८५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ५ सय ३१ पुगेको छ।

यस्तै २४ घण्टामा ७ हजार १ सय ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ९८ हजार ४ सय ८३ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४ सय ४७ पुगेको छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ १०, २०७८

 

 

ताजा अपडेट