अन्तर्वार्ता/विचार मुख्य समाचार

माओवादी केन्द्रका नेताहरूलाई सिन्धुलीका युवाको सुझाव

सुरेन्द्र कुमार बम्जन
सुनकाेशी न्युज
२०७८ जेठ १० गते साेमबार
विश्व बजारमा साम्राज्यवाद , विस्तारवाद, र पुंजिवादको विरुद्धमा सर्वहारा वर्ग कम्युनिष्टहरुको समाजवाद र जनवाद कमै छन तर पनि विश्व इतिहासलाई नियाल्दा कमै उमेरमा नेतृत्व समाल्न सक्ने कम्युनिष्ट नेताहरुको कहानी पनि कम छैनन तर कति सफल भए त कति असफल । अमेरिकन देश देखि युरोपियन ,अफ्रीकन हुँदै एसियन मुलुकहरुमा कम्युनिष्ट आन्दोलन केही मात्रमा सफल भएको देखिन्छ । यहि सन्दर्भमा नेपालमा पनि कम्युनिष्ट आन्दोलन सफल नभएको होइन तर विस्तारवादको प्रभावले कम्युनिष्ट एकता र संगठन निरन्तर बलियो हुन सकेन । तर पनि कम्युनिष्ट घटक कमजोर भएको देख्दिन । बिचार , सिधान्त , बहसको आधारमा फेरि कम्युनिष्ट घटक एकता हुने हो भने अरु वादीहरु सहजै पराजय हुनेछ । जनयुद्ध र जन आन्दोलनमा जस्तै फेरि पुनः प्रचण्ड कै नेतृत्वमा एकपटक कम्युनिष्ट घटकहरु एक भएर देश र जनताको लागि सोच्ने हो भने ०६४ सालको जस्तै बहुमत प्राप्त गर्न कति पनि गाह्रो हुने छैन । कम्युनिष्ट सिधान्तमा पद , लोभ र नेतृत्वको होडबाजी चल्नु हुदैन बरु समयावधि नियम लागू गर्नु पर्छ ।

यस सन्दर्भमा बुदागत रुपमा केही सुझाब –

१ , कमरेड प्रचण्ड ज्युको नेतृत्वमा टुटफुट भएका माओवादी घटकहरु यथाशिघ्र एकता हुने पहल थाल्ने बहस , छलफल र वार्ता जारी राख्ने ।

२ , पार्टी र संगठन निर्माणमा मनलाग्दी र नातावाद , आफन्तवादको प्रस्ताव नगर्ने ।

३ , क्षमता र योगदानको मुल्यांकन गरि पार्टी र संगठनमा जिम्मेवारी दिने र अरु पक्षबाट प्रबेश गरेकोलाई उचित सम्मान सहित समितिमा मिलाउने सिधै माथिल्लो जिम्मेवारी नदिने ।

४ , सहिद , बेपत्ता र घाइते परिवारलाई उचित मुल्यांकन गरि समितिमा समाबेश गर्ने र क्षमता हेरेर आपाङ्ग घाइतेहरुलाई जिम्मेवारी दिने र उपचारको व्यवस्था मिलाउने ।

५ , अयोग्य भनिएको लडाकुहरुलाई यथाशिघ्र छलफल गरेर उचित व्यवस्थापन सहित जिम्मेवारी प्रदान गर्ने ।

६ , पार्टिका उच्च नेतृत्वहरु महिनामा एकचोटि गाउँ गाउमा पुगेर सर्वहारा वर्गको पीडा व्यथा बुझेर सुनुवाई गर्ने र स्थानिय पार्टी प्रतिनिधिलाई सधै जनताको साथमा रहन निर्देशन दिने ।

७ , पार्टिमा महिला समाबेश बढाउने ।

८ , जनताले पोखेको गुनासो र समस्यालाई तिव्रताका साथ सकेको सहयोग गरिदिने र मिलाउने व्यवस्थापन गरिदिने ।

९ , पार्टी गतिविधि र जनताको सरोकारको लागि कम्तिमा ६ महिनाको एकपटक केन्द्र देखि स्थानिय तहसम्मको बैठक राख्ने निर्णय गर्ने ।

१० , जनवर्गिय संगठनहरुमा पनि उमेर हद कायम राख्दै युवा पिढिलाई सामेल गराउने । विध्यार्थी र वाइसीएल सधै जनताको सेवामा लाग्ने र पहिला जस्तै खटेर जनताको मन जित्ने बनाउने ।

११ , पार्टी नेतृत्वको निर्देशन , आचारसंहिता , कार्यविधी र बिधान सबै पार्टि प्रतिनिधिहरु , कार्यकर्ताहरुले अनुशासित भएर पालना गर्ने ।

नोट – यति गर्यो भने पक्कै हामीले अरुको सहारा खोज्नु पर्दैन र निरन्तर सरकारको जिम्मेवारी रहिरहने हुनेछ ।

 

प्रकाशित मिति: सोमवार, जेष्ठ १०, २०७८