समाचार स्थानीय हेडलाईन न्युज

सिन्धुलीका सांसद पहाडी किन गएनन् ओलीबिराेधी माेर्चामा ?

सुनकाेशी न्युज
२०७८ जेठ १० साेमबार
काठमाडौं । सिन्धुली-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश पहाडी संसद बिघटन बिरुद्ध हालिएको रिटमा हस्ताक्षर गर्न गएनन् ।

यसअघि प्रधानमन्त्री ओलीले चालेका हरेक असंवैधानिक कदमका बिरुद्ध खराे प्रतिवाद गर्ने पहाडी एकाएक ओली गुटप्रति नरम देखिएका छन् ।

बिगतमा बामदेव गाैतमकाे गुटबाट राजनीति गर्ने याेगेश भट्टराईको अनन्य मित्रका रुपमा चिनिने पहाडी यसपटक भट्टराईले माधवकुमार नेपालकाे गुट त्यागेपछि उनीसँगै पहाडीले पनि गुट परिवर्तन गरेका हुन्।

नेकपा((नेकपा) पार्टीमा रहँदा मन्त्री पद छाडेर याेगेश आन्दोलनको सहकमाण्डर बन्न पुगेका थिए । उनलेे ओलीको बिरुद्ध सडकमा आगै ओकलेका थिए । त्यही कारण ओलीले उनलाई बैगुनी केटाेले पेटमा लात्तीले हानेर गयो भनेका थिए । अहिले त्यो केटाे फेरि ओलीको पाेल्टामा लुटुपुटिन पुगेको छ। साथमा गणेश पहाडीलाई पनि लिएर गएका नेपाल पक्षले आराेप लगाएका छन् ।

सिन्धुलीमा सालिन र वाैद्धिक नेताको छवि बनाएका पहाडीले यसरी बिचार बिहिन जस्तो भट्टराईको पछि लागेर हिड्नु साेभनिय नभएको सिन्धुलीबासीकाे गुनासो छ। उनी बिचार र राजनीतिमा आफ्नो छुट्टै क्षमता र हैसियत राख्न सक्ने हक्की नेता भएकोले यसरी अरूकाे स्वार्थको पुच्छर बन्न नहुने सिन्धुलीका एमाले नेताहरू बताउछन् ।

यसरी एकाएक गुट फेरेर उनी मन्त्री बन्ने लाइनमा रहेको पनि चर्चा हुने गरेको छ। संसद पुनःस्थापना भएपछि  ओलीलाई हटाउन बिपक्षी दलको बहुमत नपुग्ने अवस्था देखेपछि ओलीले विश्वासको मत लिन संसद्को विशेष अधिवेशन डाके। त्यसमा उनी विश्वासको मत लिन असफल भए पनि बिपक्षी दलले निर्धारित समयमा बहुमत पुराएर सरकार बनाउन सकेन। यसरी ओलीलाई कसैगरि हटाउन नसक्ने अवस्था देखेपछि भट्टराई र पहाडी एमाले जसरी पनि एकतावद्ध हुनुपर्ने भन्दै मजधारमा उभिएको बताईरहेका छन् ।

प्रकाशित मिति: सोमवार, जेष्ठ १०, २०७८