समाचार हेडलाईन न्युज

संसद पुनःस्थापना गर्न रिट सनाखतका लागि १४६ सांसद सर्वोच्चमा

सुनकाेशी न्युज
२०७८ जेठ १० साेमबार
काठमाडौं । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त नगरेको उल्टै प्रतिनिधि सभा विघटन गरेको विरोधमा विपक्षी गठबन्धनका सांसद अहिले सर्वोच्च अदालतमा रिट हाल्न गएका छन्।

रिट निवेदनमा सनाखत गर्न १४६ सांसद अहिले सर्वोच्च अदालत परिसरमा लाइन लागेका छन्।

नेकपा एमालेका सांसद झपट रावलले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्न १४६ सांसदले हस्ताक्षर गरेको र उनीहरू अहिले आफ्नो सनाखत गर्न सर्वोच्चमा लाइन लागेको बताए।

 

प्रकाशित मिति: सोमवार, जेष्ठ १०, २०७८