मुख्य समाचार शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

नेपालमा थप ८ हजार ९ सय ८० जनामा कोरोना: १२९ जनाको मृत्यू

सुनकोशी न्युज

२०७८ जेठ ८ गते शनिबार

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ८० जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३ सय ५७ पीसीआर परीक्षणबाट देशभर ८ हजार ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ७ सय ४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी संक्रमितको संख्या ८ हजार ९ सय ८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १२९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ।

यस्तै २४ घण्टामा ८ हजार ८ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८ सय ६ पुगेको छ ।

प्रकाशित मिति: शनिबार, जेष्ठ ८, २०७८