समाचार

ट्रकमै गाँजा तस्करी, ६० किलोसहित दुई जना पक्राउ

मकवानपुर प्रहरीले करिब ६० किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–६ का २० वर्षीय भिमसेन मोक्तान र सोहीका २६ बर्षीय रोशन लामा छन् ।

प्रहरीले उनीहरुलाई मकवानपुरको हेटाैंडा बसपार्कबाट बुधबार साँझ पक्राउ गरेको हो । प्रहरीका अनुसार बा५ख १८२५ नम्बरको मिनी ट्रकमा वीरगन्जबाट लुकाई छिपाई ल्याएको सूचनाको आधारमा प्रहरीले हेटौंडा बसपार्कमा खानतलासीका क्रममा पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले ५९ किलो ५८० ग्राम गाँजा बरामद गरेको छ ।

त्यस्तै मंगलबारसमेत मकवानपुर प्रहरीले मकवानपुरको नेवारपानीबाट ५३ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: बिहिबार, साउन ३०, २०७६