शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

सिन्धुली पठाइयो अक्सिजन सहित विभिन्न स्वास्थ्य सामाग्री

सुनकाेशी न्युज
२०७८ ज्येष्ठ ७ गते शुक्रबार
काठमाडौं । सिन्धुलीका सांसद हरिवाेल गजुरेल र गणेश पहाडीकाे पहलमा सिन्धुली जिल्ला अस्पतालमा उपचाररत काेराेना बिरामीका लागि स्वास्थ्य सामाग्री पठाइएको छ।

आज स्वास्थ्य सेवा विभागकाे सहयोगमा अक्सिजन ग्यास ठूला १० थान सहित ६० थान रेमडेसिभियर, २० थान पून प्रयोग गर्न मिल्ने ppe, १०० थान डिस्पजेवल पिपिई, २५ लिटर सेनिटाइजर, २०० थान N-95 mask, केही सर्जिकल मास्क, अक्सिजन कन्सर्नटेटर, अक्सिमिटर, गम बुट, फेस सिल्ड, ग्लाेव, एन्टी जेन, vtm लगायत एक गाडी स्वास्थ सामाग्री सिन्धुली पठाइएकाे छ।

सिन्धुली जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर उमेश प्रधानको साथमा उक्त सामान पठाईएको सांसद हरिवाेल गजुरेलका स्वकीय सचिव बिदुर खड्काले जानकारी दिए।

अक्सिजन सिलिन्डर भने भर्नका लागि लगिएको छ। अक्सिजन उपलब्ध गराउने संस्थाले नै भाेलि वा पर्सि सिन्धुली अस्पतालमा लगिदिने संस्थाका प्रतिनिधि दिपेन्द्रले जानकारी दिए।

सिन्धुली काेराेना अस्पतालमा रहेको अक्सिजन प्लान्टका लागि आवश्यक १०० केबिकाे जेनेरेटर बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले उपलब्ध गराउने निर्णय गरिसकेको छ। अस्पतालमा आवश्यक कुनै पनि सामानको अभाव हुन नदिने सांसदद्वयले प्रतिवद्धता गर्नुभएको छ।

काेराेना अस्पतालमा रहेको चारवटा भेन्टिलेटर चलाउन जान्ने जनशक्ति नभएकोले प्रयोगमा छैनन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पाेखरेलले जनशक्तिका लागि प्रदेश र संघीय मन्त्रालयलाई अनुरोध गरेको बताउनुभयो ।

केही समयपहिला एकजना प्राविधिकले जेनतेन चलाउने गरेको भए पनि बिरामीका आफन्तले धम्कीपूर्ण व्यवहार गरेका कारण उनलेे कामै छाडेर हिडेकाे डाक्टर प्रधानले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ७, २०७८