समाचार हेडलाईन न्युज

माओवादीले काेभिड-१९ नियन्त्रणमा सिंगो पार्टी परिचालन गर्ने

सुनकोशी न्युज
२०७८ जेष्ठ ६ गते बिहीबार
काठमाडौं। नेकपा माओवादी केन्द्रले कोभिड-१९ नियन्त्रणका तथा रोकथाममा माओवादीले सिङ्गो पार्टी पंक्ति परिचालन गर्ने भएको छ।

अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन गरेको कोभिड नियन्त्रण युनिटले सातै प्रदेश, सबै जिल्ला र सबै पालिका र वडाहरूमा ५ दिनभित्र कमिटीहरू गठन गरेर यसको रोकथाममा पार्टी परिचालन गर्ने निर्णय गरेको नेता पुनले जानकारी दिए।

‘ती कमिटहरुले जनतामा सचेतना फैलाउने, बिरामीहरूलाई सहजीकरण गर्नेछौ। साथै हाम्रा ५ हजार भन्दा बढी जननिर्वाचित प्रतिनिधिहरू, केन्द्र र प्रदेशसहितका निर्वाचित पदाधिकारी र पार्टी सदस्यहरूबाट पारिश्रमिक कटाएर कोष खडा गर्ने निर्णय भएको छ,’ पुनले भने, ‘त्यो रकमले औषधि उपकरण खरिददेखि, संलन वितरण गर्ने तयारी भएको छ।’

माओवादी केन्द्रले शुक्रवार पत्रकार सम्मेलन गरेर निर्णयहरू सार्वजनिक गर्ने जनाएको छ।

 

प्रकाशित मिति: बिहिबार, जेष्ठ ६, २०७८