मुख्य समाचार समाचार हेडलाईन न्युज

संविधानको धारा ७६ को उपधारा (५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान

सुनकोशी न्युज
२०७८ जेष्ठ ६ गते बिहीबार

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त हुने राजनीतिक आधार नदेखेकाले मार्ग प्रशस्त गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न अनुरोध गरेकाले प्रतिनिधि सभा सदस्यलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) अनुसार प्रधानमन्त्रीका लागि भोलि बेलुकासम्म आधार प्रस्तुत गर्न आह्वान गरेकी छन् ।
यसका लागि राष्ट्रपति भण्डारीले जेठ ७ गते बेलुकी पाँच बजेसम्म को समय दिएकी छन् ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ६, २०७८