मुख्य समाचार शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

नेपालमा थप ८ हजार २ सय ३ जनामा कोरोना: १९६ जनाको मृत्यू

सुनकोशी न्युज

२०७८ जेठ ४ गते मंगलबार

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार २ सय ३ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार २ सय ८६ पीसीआर परीक्षणबाट देशभर ८ हजार १ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ६ सय ९३ एन्टिजेन परीक्षणमा ६७ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी संक्रमितको संख्या ८ हजार २ सय ३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ४ सय ११ पुगेको छ।

यस्तै २४ घण्टामा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ५२ हजार ४ सय १४ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ४, २०७८