मुख्य समाचार समाचार हेडलाईन न्युज

कांग्रेस, माओवादी केन्द्र र जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुबिच छलफल

सुनकोशी न्युज
२०७८ बैशाख ३१ गते शुक्रवार

काठमाडौं -कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुबिच बैठक जारी छ ।
शुक्रबार ११ बजेपछि सुरु भएको बैठकमा कांग्रेस, माओवादी केन्द्रका शीर्ष नेता र जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु सहभागी छन् ।
गठबन्धनको सरकार बनाउन असफल भएपछि त्यसको समीक्षा र अबको विपक्षी रणनीतिबारे बैठकमा छलफल भइरहेको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, बैशाख ३१, २०७८