समाचार

सरकारी स्कूल आधारभूत विद्यार्थीहरूलाई बीसहजार भन्दा बढी स्कूल किट्स वितरण गर्ने हाम्रो उदेश्य : गर्भनर जोशी

lion news

काठमाडौं । लायन्स क्लब ईनटरनेशनल ३२५ ए २ ले रविभवन स्थित क्राउन इम्पेरियल होटलमा एक भव्य कार्यक्रम बीच डिस्ट्रिक्ट पदस्थापना र प्रथम डिस्ट्रिक्ट क्याबीनेट बैठक सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पीआईडी लायन संजय खेतानले २०१९/२०२० का लागि निर्वार्चित डिस्ट्रिक्ट गर्भनर लायन शोभा जाशीलाई त्यस्तै विभिन्न जिम्मेवारी पाउनु भएका लायनका अग्रज लिडरहरु र प्रथम भीडिजी लायन डा. शुशीला मल्ल र सेकेण्ड भीडिजी लायन केशव पाण्डेलाई समेत कार्यकालका लागि सपथ खिलाउनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गदै गर्भनर लायन शोभा जोशीले “हामी सेवा गर्दछौं“ भन्ने नाराका साथ समाज र लायनवादको भलाइका लागि सेवा गर्न तपाईसँग काम गर्न पाउनु मेरो सम्मानको कुरा भएको बताउदै यस वर्षको लागि हाम्रो अन्र्तराष्ट्रिय गर्भनर लायन डा. चोईको विषयवस्तु “ग्रेटर गुड थ्री डाइभर्सिटी“ र हाम्रो डिस्ट्रिक्टको नारा “प्रेम, सिक्नुहोस् र नेतृत्व गर्नुहोस“ लाई ध्यानमा राख्दै हामीले हातेमालो गर्दै समाजका लागि समाज सेवामा काम गर्ने भन्नु भयो ।

कार्यक्रममा एमसीसी लायन डिआर खनाल लायन्स ईन्टरनेशनल ३२५ ए १ का डिस्ट्रिक्ट गर्भनर लायन राजन खत्री, आईपीडीजी लायन सुदर्शनधर प्रधानाङ्ग, जीएमटी एरिया लिडर लायन खगेन्द्र सिटौला, मल्टीपल जीएमटी कोअर्डिनेटर लायन शम्भु घिमिरे, एलसीआईएफ कोअर्डिनेटर लायन बालकृष्ण बुलाकोटी, पीएमसीसी लायन ई. कयामुद्दिन, पीएमसीसी लायन पंकज प्रधान, पीडिजी लायन रुद्र हरि ज्ञवाली, पीडिजी लायन बिजु बाजाचार्य, पीडिजी लायन कृष्णप्रसाद अवाल, पीडिजी लायन मधुकर उपाध्याय, पीडिजी लायन शिवराम प्रधान, बी २ का गर्भनर लायन अनुप पहाडी, ए २ का प्रथम भीडिजी गर्भनर लायन शम्भु नकर्मी, डिएलएलआईका समन्वयक रवीन्द्र बी प्रधान, प्रशिक्षण र अभिमुखीकरण अध्यक्ष लायन उत्तम झा लगायत डिस्ट्रि ३२५ ए २ का लायन्सका अग्रज लिडरहरु, विभिन्न लायन्स क्लबका पदाधिकारी र सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

लायन वर्ष २०१९/२०२० का लागि डिस्ट्रिक्ट कैबिनेट सेक्रेट्रीको जिम्मेवारी सम्हालि राख्नु भएका लायन दिनेस श्रेष्ठले सेक्रेट्रीको प्रतिवेदन पेश गर्नुका साथै लायन वर्ष २०१९/२०२० का लागि डिस्ट्रिक्ट ३२५ ए २ ले  लायन्स ईन्टनेशनलका सिग्निचर प्रजेक्टहरु मधुमेह, वातावरण, बचपनको क्यान्सर, हङ्गर रिलिफ सँगसँगै अप्टिजम, स्कूल किट्स (स्कूल ब्याग र स्टेशनरी) वितरण कार्यक्रम, व्हील चेयर वितरण, रूख रोपण, लिडरशिप ट्रेनिङ्ग, क्लब एक्सटेन्सन र मेम्बरशिप ग्रोथ कार्यक्रमलाई प्राथमीकताका साथ गरिने उदेश्य गर्भनर लायन शोभा जोशीको रहेको बताउनु भयो ।

स्कूल किट्स (स्कूल ब्याग र स्टेशनरी) वितरण कार्यक्रम अन्र्तगतमा सरकारी स्कूल आधारभूत विद्यार्थीहरूलाई २०,००० भन्दा बढी स्कूल झोला, प्रतिलिपि र पेन्सिल, जियोमेटिक्स बाकस, पानीको बोतल, कलर पेन्सिल र टिफिन बक्स वितरण गर्ने उद्देश्य लिएको छ । यो कार्यक्रम जिल्लाहरुको सहयोगमा क्लबहरु द्वारा कार्यान्वयन गरिनेछ । त्येस्तै व्हील चेयर वितरण र रूख रोपण गरिने कार्यक्रम पनि गरिने छ । लिडरशिप ट्रेनिङ्ग अन्र्तगतमा नेतृत्व र प्रशिक्षण सबै तहमा प्रदान गरिनेछ । क्लब एक्सटेन्सन कार्यक्रमा कम्तिमा ३० क्लबहरुको संख्या  विस्तार गर्ने र मेम्बरशिप ग्रोथ कार्यक्रम अन्र्तगतमा कम्तिमा १००० नयाँ सदस्यहरु जोड्ने योजना का साथै महिला सदस्य बनाउनेमा विषेश केन्द्रित हुने रहेको समेत स्पष्ट पार्नु भएको थियो ।

त्यस्तै अप्टिजमको विषयमा स्पष्ट पार्दै सेक्रेट्र श्रेष्ठले अटिज्म सपोर्ट चेयरपर्सन सुनील श्रेष्ठ र कमिटी सदस्यहरूले ओटिज्म केयर सोसाइटी नेपालका अध्यक्ष डा. सुनीता मालेक अमात्यसँग दुई संगठनको सम्भावित साझेदारी गरेर अटिज्मका लागि कसरी हातेमालो गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको र उक्त छलफलमा डा.अमात्यले एकदम उत्सुकता देखाउदै सम्भावित साझेदारी पनि गर्ने कुरा व्यक्त गर्नु भएको पनि जानकारी गराउनु भएको थियो । डा. अमात्यले औटिज्म भनेको के हो, हामी कसरी यसबाट पीडित बच्चाहरू र साझेदारीको सम्भावित क्षेत्रहरू समर्थन गर्न सक्छौं भनेर विर्सित विषयवस्तु प्रस्तुत गरेको कुरा समेत बताउनु भएको थियो ।

लायन वर्ष २०१९/२०२० का लागि डिस्टिक्ट्र ३२५ ए २ का लायन्स लिडरहरु, क्लबहरुका पदाधिकारीहरु र सदस्यहरुले लायन्स क्लब ईन्टनेशनल ३२५ ए २ को लागि दिईने अथवा समाज सेवामा अग्रसर भएर भूमिका निर्वाह गर्ने प्रत्येक लिडर र सदस्यहरुलाई गर्भनरको हाथबाट विभिन्न पुरस्कारकाट पुरस्कृत र ससम्मनीत गरिने निर्णय डिस्ट्रिक्टले गरेको जानकारी पनि सेक्रेट्री श्रेष्टले गराउनु भएको थियो ।

प्रकाशित मिति: सोमवार, साउन २७, २०७६