अर्थ/विजनेस मुख्य समाचार

प्रभु बैंक सञ्चालक समितिको अध्यक्षमा सिटौला

सुनकोशी न्युज
२०७८ वैसाख ६ गते सोमबार
काठमाण्डौं । प्रभू बैंक लि. को संचालक समितिको अध्यक्षमा लिलाप्रबाश सिटौला नियुक्त हुनुभएको छ ।

सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभई आजै बैंकको सञ्चालक समितिको २०९ औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गर्नुभएको छ ।

बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त हुनुभएका उहाँलाई मिति २०७८-०१-०२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी हासिल गर्नुभएका सिटौलाले नेपालको बैंकिङ्ग क्षेत्रमा लामो कार्यानुभव संगाल्नुभएको छ । नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवानिवृत्त हुनुभई कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी वहन गर्नुभएको थियो ।

उक्त अवधिमा परम्परागत बैंकिङ्ग सेवा प्रवाह गरिरहेको कृषि बिकास बैंकलाई डिजिटल प्रविधिमा लैजान उहाँको विशेष योगदान रहेको थियो । उक्त अवधिमा उहाँले नेपालका वाणिज्य बैंकहरुको छाता संगठन, नेपाल बैंकर्स संघको कार्यसमितिमा रही काम गर्नुभएको थियो । उहाँले बीमा संस्थान, नेपाल स्टक एक्स्चेञ्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा समेत रहेर काम गरिसक्नुभएको छ ।

 

प्रकाशित मिति: सोमवार, बैशाख ६, २०७८