समाचार हेडलाईन न्युज

पत्रकार महासंघको चुनाव : विपुल नेतृत्वको प्यानलै विजयी

सुनकोशी न्युज
२०७७ चैत्र २८ गते शनिबार
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी भएको हो । अध्यक्ष पोखरेलले निर्मला शर्मा नेतृत्वको प्यानललाई तीन हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।

पोखरेल प्यानलकै रोशन पुरीले महासचिवमा चौतारीका बालकृष्ण बस्नेतलाई पराजित गरेका छन् । बस्नेत निवर्तमान कार्यकालमा चौतारीका एक्ला निर्वाचित पदाधिकारी थिए । यसपटक उनी पुरीसँग पराजित भएका छन् ।

महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएकी छन् । उनले शर्मा प्यानलकी दाना केसी सुवेदीलाई पराजित गरेकी हुन् । समावेशी उपाध्यक्षमा अवधेश झालाई पराजित गर्दै पोखरेल समूहका उदय जिएम निर्वाचित भएका छन् ।

यस्तै खुला सचिवमा पनि पोखरेल प्यानलकै गोविन्दप्रसाद चौलागाईं निर्वाचित भएका छन् भने शर्मा प्यानलका रामकृष्ण ज्ञवालीलाई पराजित भएका छन् । महिला सचिवमा सिर्जना अर्याल शर्मा समूहकी निमा काफ्लेलाई पराजित गर्दै विजयी बनेकी छन् ।

आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित भएका छन् । सचिव मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् । उनीहरु सबै पोख्रेल प्यानलका हुन् । यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन् । सदस्यहरूमा अधिकांश पोखरेल प्यानलकै निर्वाचित भएका छन् ।

प्रकाशित मिति: शनिबार, चैत्र २८, २०७७

ताजा अपडेट