समाचार

मेलम्ची पानीको औपचारिक उद्घाटन

सुनकोशी न्यूज
२०७७ चैत्र २० गते शुक्रबार

काठमाडौंको। राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर मेलम्ची पानीको उद्घाटन गर्ने मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेश खत्रीले जानकारी दिनुभएको छ ।

दिउँसो २ बजे राष्ट्रपति भण्डारीले मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुनेछन् ।

हालसम्म काठमाडौंको महाङ्काल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट पानी वितरण भएको छ ।
यसैबीच, काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण शुरू गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, चैत्र २०, २०७७