समाचार हेडलाईन न्युज

बागलुङका सिडियो सिन्धुलीमा, नुवाकोटका झंक ढकाल अध्यागमनमा सरुवा (सरुवाको लिष्ट सहित)

सुनकोशी न्युज
२०७७ फागुन १४ गते शुक्रबार
काठमाडौं । गृहमन्त्रालयले ५२ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निणर्यबाट ५२ जना सीडीओहरुको सरुवा र पदस्थापन गरेका हुन् ।

जीवनप्रसाद दुलाललाई काठमाडौंबाट नुवाकोटमा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ । नुवाकोटका झंक ढकाललाई अध्यागमन विभागमा काज सरुवा गरिएको छ । त्यसैगरी बागलुङका सुरेश न्यौपानेलाई सिन्धुली सरुवा गरिएको छ । सिन्धुलीका योगेन्द्र प्रसाद पाण्डेलाई भने पाल्पा सरुवा गरिएकोृ छ ।

त्यस्तै गृहमन्त्रालयमा कार्यरत शालिग्राम शर्मा पौडेललाई जिल्ला प्रशासन कार्यालय गोरखामा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ । त्यस्तै गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई महोत्तरी सरुवा गरिएको छ ।

सरुवाको लिष्ट यस प्रकार रहेको छ –

Saruwa(1)
प्रकाशित मिति: शुक्रबार, फाल्गुन १४, २०७७