समाचार हेडलाईन न्युज

बालुवाटारबाट मानवअधिकारकर्मी पहाडीसहित २६ जना पक्राउ

सुनकोशी न्युज
२०७७ माघ १२ गते सोमबार
काठमाडौँ । प्रहरीले मानव अधिकारकर्मी कृष्ण पहाडीसहित २६ जनालाई पक्राउ गरेको छ । सोमबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीका गलत कदमविरुद्ध प्रदर्शन गर्न पुगेका पहाडी लगायतलाई नियन्त्रणमा लिएको हो ।

मानवअधिकार तथा शान्ति समाजले केपी अ‍ोली सरकारद्वारा अदालतलाई प्रभाव पार्न गरेको दुस्प्रयासविरुद्ध, राज्यसंयन्त्रको दुरुपयोगविरुद्ध, प्रधानमन्त्री र मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्रविरुद्ध आज विभिन्न मानवअधिकारवादी संस्था, व्यक्ति र नागरिक समाजले कमलपोखरीबाट सिट्ठी जुलुस गर्दै बालुवाटारतिर मार्चपास गरेर प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रधानमन्त्री ओलीको तानाशाही कदमबिरुद्ध देशका जनता, राजनीतिक दल लगायत सबै क्षेत्र आन्दोलित भएको छ ।

प्रकाशित मिति: सोमवार, माघ १२, २०७७

 

 

ताजा अपडेट