टोरोन्टो देशनल ग्लोबल टी–२० बाट बाहिरिएको छ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने संलग्न टोरन्टो नेसनल डीएल पद्धतिका आधारमा विन्निपेगसँग २ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।२ सय ३९ रनको लक्ष्य पछ्याएको होक्सले १७ दशमलव १ ओभरमा २ सय १ रन बनाउँदा खेल अवरुद्व भएको थियो ।तर खेल सुचारु हुने अवस्था नभएपछि डीएल पद्वतिका आधारमा होक्स २ रनले विजयी भएको हो । होक्सको जितमा जेपी डुमिनी एक्लो नायक बने । उनले ४१ बलमा नटआउट ८५ रन बनाए ।सन्दीपले होक्सको दुई विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले ३४ रन खर्चिएर २ विकेट हात पारेका थिए ।सन्दीपले टोरन्टोको टिममा स्थान बनाएपनि नेपालका अलराउन्डर सोमपाल कामी भने होक्सको प्लेइङ ११ मा अटाउन सकेनन् ।पहिला ब्याटिङ गरेको टोरन्टोले निर्धारित ओभरमा ५ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो । हेनरिक क्लासेनले नटआउट १ सय ६ रन बनाएका थिए । रोड्रिगो थोमसले ७३ रन बनाए ।होक्स इलिमिनेटरमा जित निकाल्दै दोस्रो क्वालिफायर पुगेको छ । टोरन्टो लिग चरणमा तेस्रो र होक्स चौंथो स्थानमा रहेर प्ले अफमा पुगेका थिए ।
Add Comment