बागमती मुख्य समाचार समाचार स्थानीय

उपत्यकामा शुक्रबारदेखि सवारीमा जोरबिजोर प्रणाली हट्ने

सुनकोशी न्युज
२०७७ पौष २ गते विहिबार
काठमाण्डौं । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले शुक्रबार (पुस ३ गते) देखि लागू हुनेगरी सवारीमा लगाइएको जोरबिजोर प्रावधान हटाएका छन् ।

जोरबिजोर हटाउनुअघि तीनवटै जिल्लाको कोभिड संकट व्यवस्थापन केन्द्र ९डिसीसीएमसी०को संयुक्त बैठक बसेको थियो । तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले संयुक्तरूपमा निर्णय गर्दै निजी तथा सार्वजनिक सवारीमा लगाइएको जोरबिजोर भोलिदेखि लागू हुनेगरी हटाएका हुन् ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन दुलालले असोज १ बाट लगाइएको जोरबिजोर प्रणालीलाई अर्को व्यवस्था नभएसम्मका लागि हटाइएको बताए । २०७६ चैत ११ देखि लकडाउन घोषणा गरिएको थियो । त्यसको ४ महिनापछि लकडाउन हटाइएपनि सार्वजनिक सवारी पूर्णरूपमा खुलाइएको थिएन ।

कोरोना महामारीको कारण देखाउँदै गत भदौ ३ गतेदेखि अत्यावश्यक सेवा बाहेकमा लगाइएको निधेषाज्ञा असोज १ बाट हटाइएको थियो तर त्यसपछि भने उपत्यकामा अत्यावश्यक बाहेकका सेवा बाहेकका सवारीमा जोरबिजोर लगाइएको थियो ।

प्रकाशित मिति: बिहिबार, पुस २, २०७७