मनोरञ्जन मोडेल फिचर समाचार हेडलाईन न्युज

नेकपा सांसद शर्माकी छोरी सन्ध्या बनिन “मिस नेपाल इन्टरनेशनल २०२०”

सुनकोशी न्युज
२०७७ मंसिर २० गते
काठमाण्डौं । सत्तारुढ नेकपाकी समानुपातिक सांसद इन्दु शर्मा र केन्द्रीय सदस्य रामकुमार शर्माकी छोरी सन्ध्या शर्मा मिस नेपाल इन्टरनेशनल २०२० को ताज जित्न सफल भएकी छिन् ।

मधेशी समूदायमा जन्मीएर हुर्किएकी सन्ध्याको परिवार राजनीतिक पृष्ठभूमिको भए पनि आफ्नो व्यक्तित्व विकासको क्षेत्र रोज्ने स्वतन्त्रता उनलाई रहेको उनको यो प्रतिस्पर्धामा भएको सहभागिता र सफलताले देखाएको छ ।

आमाबाबु कम्युनिष्ट पार्टीका नेता भए पनि उनलाई मिस नेपाल प्रतियोगितामा सहभागि हुन आमाबुबाले नै प्रोत्साहन गरेको उनले बताएकी छिन् । सन्ध्याका आमाबाबुले सामाजिक सञ्जालबाटै छोरीको पक्षमा भोट मागेका थिए । पढाइमा समेत अब्बल रहेकी सन्ध्याले मिस नेपाल वल्र्डको उपाधि जित्न नसके पनि तेस्रो स्थानको मिस नेपाल इन्टरनेशनल जित्न सफल भएकी छिन् ।

मधेसमा हुने दाइजो, बोक्सीप्रथा लगायत सामाजिक विभेदबाट मधेसका छोरीहरु सदियौंदेखि उत्पीडनमा परेका कारण यसरी स्वतन्त्रपूर्वक व्यक्तित्व विकासको क्षेत्रमा सहभागी हुन पाइन्छ र सकिन्छ भन्ने चेतनाको विकास अझै भैनसकेकोले उनको यो सहभागिता र सफलताले मधेसका छोरीहरुलाई स्वतन्त्रताको मार्गप्रसस्त गर्ने र ती दासताको बन्धनबाट मुक्त हुने चेत र आत्मबल प्राप्त हुने विश्वास ब्यक्त गरिन् ।

त्यसैगरी, नम्रता श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०२०’ बन्न सफल भएकी छन्। प्रतियोगितामा २० प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनी मिस नेपाल बन्न सफल भएकी हुन्। उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’ की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन्। श्रेष्ठ किन्डर गार्डेन टिचर हुन्।

यसैगरी, ‘मिस नेपाल सुप्रा नेसनल २०२०’ को ताज सिमल कनौजियाले पाएकी छन् भने ‘मिस नेपाल अर्थ २०२०’ को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन्।

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७