मुख्य समाचार समाचार

प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्रीबीच शिष्टाचार भेट

सुनकोशी न्युज
२०७७ मंसिर १४ गते आइतबार
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली रे नेपालको औपचािरक भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङबीच शिष्टाचार भेट भएको छ ।

प्रधानमन्त्रीे सचिवालयका अनुसार नेपालको एकदिने भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेईले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा शिष्टाचार भेट गरेका हुन्।

आइतबार बिहान काठमाडौं आइपुगेका चिनियाँ रक्षामन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आजै बंगलादेश जाने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: आइतवार, मंसिर १४, २०७७