शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

पछिल्लो २४ घण्टामा थप १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

सुनकोशी न्युज
२०७७ मंसिर १४ गते आइतबार
काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा आइतबार थप १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा २५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त कुरा जानकारी गराएका हुन् ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या १७ हजार ९ सय ९ जना रहेको छ ।

२४ घण्टामा १४ सय ४ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख २७ हजार ८३६ परीक्षणहरु गरिएका छन् ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ सय ७९ पुगेको छ ।

प्रकाशित मिति: आइतवार, मंसिर १४, २०७७