Uncategorized

मन्त्री थापाद्वयले प्रतिनिधिसभामा आज जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापालाई प्रश्न सोधिने भएको छ ।

बैठकमा सांसदहरुले मन्त्रीद्वय थापालाई मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्न सोध्ने र त्यसको उहाँहरुले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।  बैठकमा खानेपानीमन्त्री बिना मगरले ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको प्रतिवेदन सहित ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक, छलफल तथा पारितको लागि प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।

मन्त्री यादवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलोसंशोधन) विधेयक छलफल तथा पारितको लागि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालय जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २२, २०७६