सुनकोशी न्युज
२०७७ कार्तिक २२ गते शनिबार
गंगा बहादुर लामाको ‘दश वर्षे जनयुद्ध : स्मृतिका डोबहरु’ बाट
२०५५ को प्रारम्भिक चरणसम पुग्दा पार्टीभित्र सामूहिक निर्णय ब्यक्तिगत जिम्मेवारी बमोजिमको मालेमावादी नीतिको फलामे अनुशासन कार्यकर्ता पङ्तीमा राम्रो विकास भइरहेको थियो । सामूहिक निर्णय गरेपछि परेको बेला ब्यक्तिगत जिम्मेवार िलिने होडवाजी नै चल्थ्यो । साँच्चिकै त्यतिवेलाको पार्टी संगठन फलामे अनुशासनको नमूना नै थियो । प्रचण्ड, बाबुराम, किरण बादलजस्ता पार्टीका मूख्य नेतृत्वलाई जोगाउन बलिदान नै दिनुपरे पनि सुरक्ष्ाँ गर्नु पर्दछ भन्ने हाम्रो प्रतिवद्धता थियो । तर, उपत्यकामा त्यसबेलासम्म रगत बगेको थिएन । बदिलान दिन परे कसले पहिले दिने भन्ने हामीबीच होड चलेको थियो । प्रथम सहिद हुने सबैको चाहना थियो । त्यसैक्रममा पार्टीको चौथो विस्तारित बैठक सम्पन्न भयो ।
नेतृत्व केन्द्रीकरण र त्यसको स्थापना सम्बन्धी केही विवाद पार्टीमा देखापरेको गाईगुई सुनियो । पछि जिल्ला स्तरीय बैठकमा पनि त्यसको प्रभाव पर्न थाल्यो । विशेष गरेर नेतृत्व केन्द्रिकरण र स्थापनाको मूल बहसभन्दा उपत्यका पार्टीको अन्तरविरोध बाहिर थियो । नेतृत्व केन्द्रिकरणको र स्थापनाको मूल सैद्धान्तिक प्रश्न ओझेल परेका थिए । ब्यक्तिगत र आत्मगत अभिलाशा सतहमा प्रकट भएको अनुभूति हुन्थ्यो । बाबुराम खेमा र प्रचण्ड खेमामा पार्टी विभाजित बन्दैगएको थियो ।
चौथो विस्तारिक बैठकपछि आलोक प्रकरण तीव्र नेतृत्वको समर्थक बनेर विवादास्पद बन्दै आइरहेको थियो । एकातिर ‘माक्र्सबाट सिकौ’ं भन्ने बाबुराम भट्टराईको लेख र अर्कोतिर ‘बलिदान क्रान्तिको उर्जा हो’ भन्ने आलोकको उद्धरण लिखित पोष्टर काण्डले पार्टीमा विवाद, वहस र असहज परिस्थिति निर्माण गरेको थियो । उपत्यका पार्टीभित्र पनि त्यस प्रवृत्तिका आ–आºनै समर्थक बनिरहेको थिए । पार्टीभित्र नेतृत्व स्थापना र केन्द्रिकरणको पक्ष्ँधर खेमाको नेता रवन्द्रि श्रेष्ठ र त्यसको विरोधी खेमाको नेताको रुपमा मुमाराम खनाल चिनिन्थे । तर विषयवस्तुको गहिराइमा गएर छलफल भएन । बरु पिठ्यू“ पछाडि एकले अर्को खेमालाई सराप्ने र पार्टीको मुख्य नेतृत्वविरोधी चार्ज लगाएर निम्मेवारीबाट बदला लिने प्रवृत्ति प्रवल थियो ।
चौथो विस्थारित बैठकपछि किरण प्रवासतिरै बस्ने भए । त्यतिवेलासम्म किरणजी नै उपत्यका ब्युरोको इंचार्ज थिए । बदलिएको आन्तरिक राजनीतिक समीकरणस“गै किरण प्रवासमै बस्ने भएपछि दिनेश शर्मालाई इन्चार्ज बनाइयो । उनी इन्चार्ज भएपछि चौथो विस्तारित बैठकको प्रभावले पार्टीभित्र विस्तारै असर गरिरहेको थियो । त्यसैक्रममा आलोकको पोष्टर काण्ड बाहिर आएपछि उनलाई पार्टीको पोलिटब्युरो बैठकले आलोचना गरेको थियो । दिनेश शर्माले उक्त सर्कुलर नै गायब पारेको आरोप पनि कार्यकर्ताले लगाएका थिए ।
चौथो विस्तारित बैठकको भावसम्प्रेषण गर्न भारतको गारखपुरमा उपत्यकाको विशेष प्रशिक्ष्ँण भेलाको आयोजना गरियो । उक्त भेलामा म पनि सहभागी भएको थिए“ । त्यहा“ प्रचण्ड, बाबुराम, किरणलगायतका नेताहरुको उपस्थिति थियो । बाबुराम त्यति बोलेनन् । प्रचण्डले अबको लडाई छिनोफानो हुने बताएका थिए । जनयुद्धको मुख्य कमाण्डर को हो ? भन्ने विषयमा बाहिर भ्रम रहन गएकाले नेतृत्व स्थापना र केन्द्रिकरण सम्बन्धी निर्णय अपरिहार्य भएको बताइएको थियो ।
चौथो विस्तारित बैठकसम्म आउ“दा पार्टी भनेको एकमना एकताको आदर्शबाट चल्ने कुरा होइन रहेछ भन्ने बोध भयो । पार्टीमा प्रवेश गर्दा भएको आदर्श र काम गर्दैजा“दाको भोगाई पृथक–पृथक कुरा रहेछन् भन्ने पनि थाहा भयो । मान्छेले गर्ने माया, घृणा, सहयोग आदि सबै कुरा उसले अंंगालेको विचार र ब्यावहारअनुसार हु“दोरहेछ भन्ने पनि थाहा भयो । एउटै कमिटी भए ता पनि केही साथीस“ग नजिक र केहीस“ग टाढा पनि विचारकै आधारमा भइ“दोरहेछ भन्ने पनि थाहा पाउदै गइयो । पाटीृभित्र चल्ने अस्वस्थ्य प्रतिस्पर्धा, ब्याकवाइटिङ, जिम्मेवारीमा छलकपट आदि पनि विचारको आधारमा हु“दोरहेछ भन्ने थाहा भयो ।
उपत्यकामा पनि आलोक प्रकरणले कैयौं प्रकारका असर पारिरहेको थियो । फाट्टफुट्ट उनका बारेमा टीकाटिप्पणी भइरहेका थिए । उनका बारेमा माथिल्लो कमिटिमा पनि छानविन भइरहेको रहेछ । त्यसैक्रममा उनका धेरै कुरा छानविनपछि पत्ता लागेछ । त्यसलाई आलोक प्रबृति किटान गरेर उनलाई कारबाही गरेपछि चौथो विस्तारित बैठकको विवाद साम्य भयो । तर, काठमाडौंको पार्टीमा त्यसले पनि गुटबन्दीको समस्यालाई हल गरेन । पार्टीको माथिल्लो निर्णय एउटा थियो तर तल अर्कै आएको भान हुन्थ्यो ।
पार्टीले नौलो जनवादी क्रान्तिको विकासस“गै जातीय मुक्तिको सवाललाई पनि स“गस“गै अघि बढाउने महत्वपूर्ण सवाल उठायो । देशैभरका जाति/जननातिका बीचको संगठनात्मक काममा तीब्रता ल्यायो । फलस्वरुप जातीय मोर्चाका संगठन निर्माण भए । यसैबीच २०५५ मंसिर ५ गते तामाङ राष्ट्रिय मुक्ति मोर्चाको निर्माण भयो । संस्थापक अध्यक्ष्ँ कुमार योञ्जन बने । म पनि त्यसको संस्थापक केन्द्रीय सदस्य भए“ । यसले आम तामाङसमुदायलाई गोलबन्द गर्दै सशक्त ढंगले संगठन निर्माणको कामलाई अगाडि बडायो । तारामुमोको संगठनात्मक विकासमा तीव्रतास“गै यसको निर्माणको एक वर्षपछि नेतृत्वमा हेरफेर गरियो । म त्यसको अध्यक्ष्ँ बने । हामी सबैका सामूहिक प्रयत्नले संगठन अझ सशक्त र बलियो बनेको थियो । त्यसैबीच म थाङ्का कला मजदुर युनियनको अध्यक्ष्ँ पनि बने“ । मलाई थाङ्कासम्बधी ज्ञान नभए पनि पा“च हजार थाङ्का मजदुरको हस्ताक्ष्ँर गरेर यसलाई दर्ता गराइयो ।
काठमाडौ. जिल्ला पार्टीअन्तरगतको मेरो जिम्मेवारी पनि मैले पूरा गर्दैगए“ । पार्टी संगठन विस्तारको अभियान सञ्चालन गरियो । हामीलाई सिफल निवासी शुभ शर्माले क्रान्तिको विजयको शुभकामनासहित एक थान रिभल्वर र साथमा नौवटा त्यसको गोली उपहारस्वरुप दिए । यसले हामीलाई गौरवान्वित बनायो ।
दोस्रो राष्ट्रिय सम्मेलनको झलक
पार्टी दास्रो राष्ट्रिय सम्मेलनको तयारीमा जुट्यो । देशैभरका पार्टी संगठन, ज.ब.स., जातीय मोर्चाहरुको भेला, सम्मेलन सम्पन्न भए । पार्टी सदस्यहरु नेतृत्व केन्द्रिकरण, पार्टीको निर्देशक विचारजस्ता गहन सवालका छलफलमा सहभागी भए । यसै क्रममा सम्मेलनका प्रतिनिधि पनि चुनिए । मैले पनि यस सम्मेलनमा काठमाडौं जिल्ला संगठन समितिबाट प्रतिनिधित्व गर्ने मौका पाए“ । दोस्रो राष्ट्रिय सम्मेलन भारतको पञ्जाब राज्यअन्तरगत पर्ने भटिन्डामा आयोजना गरियो । शत प्रतिशत प्रतिनिधि र पर्यवेक्षकको सहभागिता भयो । सम्मेलन मलाई अत्यन्त ओजपूर्ण र भावमय लाग्यो । यसले पार्टीको निर्देशक विचारमा प्रचण्डपथलाई स्थापित ग¥यो ।
दोस्रो राष्ट्रिय सम्मेलनले ५५ जनाको केन्द्रीय समिति बनायो । पार्टीको केन्द्रीय समितिमा उपत्यकाबाट रेखा शर्मा र कृष्णध्वज खड्का, मुमाराम खानाल बैकल्पिक केन्द्रीय समिति सदस्ययमा चयन भए । वास्तवमा फिल्डमा हामी सक्रिय थियौं । फिल्डको सबै गतिविधि, क्षमता र कार्यकर्ताको चाहनाबारे हामी जानकार थियौं । अर्थात् समग्र संगठनात्मक स्वरुप हामीले देखेका थियौं । केन्द्रीय समितिमा उनीहरु चुनिएपछि स्वाभाविकरुपमा मनमा कौतुहलता जाग्यो, यति ठूलो युद्ध हा“किरहेको पार्टीमा उनीहरु भन्दा सक्षम मानिस छैनन् त ? जलिकति शंका÷उपशंका उब्जियो । पहिले दिनेश शर्मा थिए, उनी गिरºतार भए । दिनेश शर्माको आत्मसमर्पणले उपत्यकाको संगठनात्मक क्ष्ँेत्रमा एउटा नकारात्मक असर पारेको थियो । त्यसपछि उपत्यकालाई मध्माञ्चल क्ष्ँेत्रको उपब्युरोमा राखियो । मध्यमाञ्चल क्ष्ँेत्रीय इन्चार्ज बाबुराम भट्टराई थिए । उपक्ष्ँेत्रीय ब्यूरोमा बादल इन्चार्ज भएर आए । पार्टीमा भएको कारबाहीपछि उनको यो पहिलो संगठनात्मक जिम्मेवारी थियो ।
बादल आएपछि हामी सबै सुरुमा उत्साहित बन्यौ । उनले उपत्यकाभित्र विगतमा देखापरेका गुटगत अवस्थालाई चिरेर लैजान्छन् भन्ने लागेको थियो । तर, उनी विगतको पार्टी कारवाहीबाट थिलोथिलो परेका रहेछन् । उनमा पनि पार्टीलाई नया“ ढंगले लैजाने कुनै उत्साह र योजना नभएजस्तो अनुभूति हुन थाल्यो ।
गुटगत संकीर्णताबाट प्रभाववित हुने र सोहीअनुसार धारणा बनाएर हिड्न थालेको अनुभूति पनि भयो । बादलस“ग अत्यन्तै समीप रहेका ब्यक्तिलाई कामको मूल्याङ्कनबिनै टपक्क टिपेर अगाडि बढाउने र गुटवादविरोधी, नेतृत्वको दलाली नगर्नेलाई शंकाको दृष्टिले हेर्ने, निरुत्साहित बनाउ“दै लैजाने रोग उनमा पनि रहेछ भन्ने कुरा ब्यक्तिगतरुपमा मैले महसुस गर्न थाले“ । उनको छवि सैन्यविद् र योजनाकारको रुपमा कार्यकर्ताबीच प्रचारित थियो । तर त्यो भ्रम मात्रै रहेछ । उनले सबै कार्यकर्तालाई समायोजन गरेर अगाडि बढ्न र बढाउन नसकेपछि उनीप्रतिको विगतको धारणा बदलियो । उनको क्षमता पनि कोरा आदर्श मात्र रहेछ भन्ने लाग्यो । तर, उनलाई पार्टीको हित नचाहने, पार्टीलाई उपयोग गरेर पदोन्नतिका खुट्किला उक्लन चाहनेले घेराबन्दी गरेर यस्तो भयो कि जस्तो पनि मनमा उब्जियो ।
अनुमान गर्न कठिन भएन, उनी खास समूह विशेषबाट मात्रै प्रभावित थिए । परिणामस्वरुप पार्टी उनको कार्यकालमा पनि नया“ उर्जा र भावका साथ एकीकृतरुपमा अगाडि बढ्न सकेन ।
तात्कालीन परिस्थितिमा कृष्णध्वज खड्काका आºनै समस्या थिए । उनको क्षमता, तर्क र बहसको हिसबले के.स.मा पदोन्नति हुने अवस्था थियो कि थिएन ? पदोन्नतिका लागि उपयुक्त समय अझै बनिसकेको थिएन जस्तो मलाई लाग्थ्यो । त्यतिवेलासम्मको मेरो बुझाइ केन्द्रीय समिति भनेको धेरै माथिको निकाय हो, त्याहा“ पुग्ने कार्यकर्ता क्षमता र योग्यताको हिसाबले धेरै माथिका हुन्छन् जस्तो लाग्थ्यो ।
कृष्णध्वज, रेखा र मुमाराम त्यहाँ पुगेपछि अलि कस्तो कस्तो नमिलेजस्तो लाग्यो । त्यो मैले पार्टी कमिटीको मिटिङमा पनि राखें । रवीन्द्रले थोरै सम्झाउने प्रयास गरे । मेरो सवाल थियो केन्द्रीय समितिमा लैजाने पार्टीको आवश्यकता हो कि होइन ? रवीन्द्रले जवाफ दिए, पार्टी तीव्र अन्तरसंघर्षको बीचबाट अगाडि बढेको छ, जोड÷घटाउ र अंकगणितीय हिसाब मिलाउनलाई पनि कतिपय अवस्थामा लैजानु पर्दोरहेछ कमरेड । उनले वैचारिक र राजनीतिकरुपमा भन्दा पनि ब्यवहारिकरुपमा मलाई सम्झाउने प्रयत्न गरे । जुन कुरामा म सहमत थिइन“ । यदि पार्टी यस्तो निर्णय गर्न बाध्य थियो भने त्यस्तो बाध्यताबीचबाट जनयुद्ध कसरी हा“क्न सकिएला ? देशलाई कसरी मुक्ति दिलाउन सकिएला ? मेरो मनमा स्वाभाविक प्रश्न थिए ।
Add Comment