मुख्य समाचार शिक्षा/स्वास्थ्य समाचार

कोरोनाका कारण थप ३० को निधन, मृत्यु हुनेको संख्या १ हजार ३४ जना

सुनकोशी न्युज
२०७७ कार्तिक १९ गते बुधबार
काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ।

बितेको २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको बताए ।

हालसम्म संक्रमितमध्ये १ लाख ४४ हजार ९७८ जना निको भएका छन् भने पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ८४४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: बुधबार, कार्तिक १९, २०७७