प्रदेश २ समाचार हेडलाईन न्युज

बीरगञ्जको गणेश अर्पाटमेन्टबाट २३ किलो सुन बरामद

सुनकोशी न्युज
२०७७ कात्र्तिक १ गते शनिबार
काठमाण्डौं । पर्साको वीरगन्ज महानगरपालिका–५ रेशम कोठीबाट प्रहरीले करिब २३ किलो सुन वरामद गरेको छ ।

भारतको पूर्वी चम्पारण हरैयाका बासिन्दा अशोक सिन्हाको फ्ल्याटवाट उक्त सुन वरामद भएको हो । सिंहा रक्सौल कस्टममा क्लियरिङको काम गर्छन।

विशेष सुराकीको आधारमा रेशमकोठीस्थित श्री गणेश अर्पाटमेन्टको ३०३ नम्बरको फ्ल्याटमा प्रहरीले छापा मारेको थियो । सो क्रममा २३ केजी दुई सय ७५ ग्राम सुन र दुई केजी २ सय ६२ ग्राम चाँदीको गर–गहना बरामद भएको एसपी गंगा पन्तले बताइन् ।

३०३ नम्वरको फ्ल्याट भारतीय नागरिक अशोक सिन्हाकै भएको अपार्टमेन्टका सुरक्षागार्डले पुष्टि गरेका छन्। अवैध रुपमा सुन राखिएको सुचनाका आधारमा विगत २ दिनदेखि प्रहरीले अपार्टमेन्टको निगरानी गरेको थियो । तर, शनिवार विहानसम्म पनि फ्ल्याट धनी नआएपछि स्थानीय जनप्रतिनिधिको रोहबरमा छापा मारिएको पन्तको भनाई छ ।

खानतलासीका क्रममा १ केजीको सुनको विस्कुट १३ थान, मझौला खाले सुनको विस्कुट ४६ थान, १ सय ग्रामको सुनको विस्कुट १० थान र सुनका विभिन्न गर गहनाहरु ६ सय ८९ ग्राम बरामद भएको थियो ।

प्रकाशित मिति: शनिबार, कार्तिक १, २०७७