मुख्य समाचार समाचार

श्वासप्रश्वासमा समस्या भएपछि कमल थापा अस्पताल भर्ना

सुनकोशी न्युज
२०७७ कात्र्तिक १ गते शनिबार
काठमाण्डौं । होम आइसोलेशनमा रहेका राप्रपा अध्यक्ष कमल थापालाई श्वासप्रश्वासमा समस्या भएपछि ओम अस्पताल भर्ना भएका छन् ।

थापालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेका थापालाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा केही असहज भएवपछि शुक्रबार अस्पताल भर्ना गरिएको हो ।

उनको आईसीयूमा उपचार भइरहेको र अहिले ज्वारो र श्वासप्रश्वासको समस्या नरहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कार्तिक १, २०७७