मुख्य समाचार शिक्षा/स्वास्थ्य समाचार

प्रम ओलीको पिसिआर रिपोर्ट निगेटिभ

सुनकोशी न्युज
२०७७ असोज १७ गते शनिबार
काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बालुवाटार स्रोतले प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

प्रधानमन्त्रीका तीनजना सल्लाहकार, स्वकीय सचिवल र ६५ जन सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिए पनि प्रम ओलीमा भने रिपोर्ट नेगेटिभ आएको हो ।

प्रधानमन्त्रीको बिहीबार स्वाब संकलन गरिएको थियो । सल्लाहकारलगायत १ सय ५० जनाको शुक्रबार स्वाब संकलन गरिएको थियो ।

स्वस्थ्य अवस्था संवेदनशील रहेका प्रधानमन्त्री ओलीले कोरोना संक्रमणबाट बच्नका लागि विशेष सावधानी अपनाउँदै आएका छन् ।

प्रकाशित मिति: शनिबार, अशोज १७, २०७७