समाचार हेडलाईन न्युज

काँग्रेस नेता अर्जुन नरसिंह केसी लाई कोरोना संक्रमण

सुनकोशी न्युज
२०७७ असोज १७ गते शनिबार

काठमाडौं – नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसी लाई कोरोना संक्रमण पुष्टि भएको छ।

१९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि  काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसहित १५९ जनाको स्वाब संकलन भएकोमा रिपोर्ट आएका मध्ये केसी सहित ४ जनामा पोजेटिभ देखिएको हो।

पोजेटिभ देखिएका अन्यमा काँग्रेस केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायत रहेका छन् ।

प्रकाशित मिति: शनिबार, अशोज १७, २०७७