मुख्य समाचार

सुनको मूल्य आकासियो, एकैदिनमा १५ सयले बढेर नयाँ रेकर्ड

सोमबार तेजाबी सुनको प्रतितोला मूल्य नै ६७ हजार ५ हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमबारका लागि लागि तोकिएको सुनको मूल्य नेपाली सुन बजारको सबै भन्दा उच्च बिन्दु हो । गत शुक्रबार पनि सुनको भाउ ६५ हजार ८ सय पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको बढोत्तरीको असर नेपाली बजारमा देखिएको नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।
अमेरिका इरानबीचको बढ्दो तनाव तथा अमेरिका चीन व्यवपार युद्धको असर अन्तर्राष्ट्रिय सेयर बजारमा परेको र सुनको मूल्य पनि प्रभावित भएको बज्राचार्य बताउँछन् ।

अमेरिकी केन्द्रीय बैंकले ०.३ प्रतिशतले ब्याजदर घटाए पछिको असर सुनको मूल्यमा परेको हो ।  विश्व राजनीतिमा देखिएको असमझदारी कायम रहेसम्म सुनको बजार प्रभावित भईरहन सक्ने बज्रचार्य बताउँछन् ।

मूल्य आकासिएपछि पुरानासुन बिक्री गर्ने ग्राहक बढेका छन् भने नयाँ सुन किन्न आउने ग्राहक नै नभएको व्यवसयीहरुको बताए ।

प्रकाशित मिति: सोमवार, साउन २०, २०७६