समाचार हेडलाईन न्युज

काठाडौँ उपत्यकामा बिहान ९:१५ बजेसम्म मात्र अत्यावश्यक वस्तुको खरिद बिक्री गर्न पाइने

सुनकोशी न्युज
२०७७ भाद्र ७ गते आइतबार

काठमाडौं – काठाडौँ उपत्यकामा बिहान सवा ९ बजेसम्म मात्रै खाद्य पदार्थलगायतका अत्यावश्यक वस्तुको सूचीमा परेका सामग्रीको खरिद बिक्री गर्न पाइने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आइतबार सूचना जारी गर्दै अत्यावश्यक वस्तुको सूचीमा रहेका खाद्य वस्तु, दूध, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु आदिको बिक्रीको समयसीमा निधारण गरेका हुन् ।

सूचनामा ‘अत्यावश्यक वस्तु र सेवामध्ये औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्वाध खुल्ला राख्न सकिने’ लेखिएको छ ।

सूचनामा त्यसरी अत्यावश्यक सामाग्री खरिद बिक्री गर्दा अनिवार्य रूपमा स्वास्थ्य सचेतता अपनाउन पनि भनिएको छ ।

प्रकाशित मिति: आइतवार, भदौ ७, २०७७