गंगा बहादुर लामा
सुनकोशी न्युज
२०७७ भाद्र ६ गते शनिबार
जंगलमा ठूलो ओडार थियो । लापुको माथि विशाल जङ्गलभित्रको त्यो ओडारमा करिब सयजना मानिस अट्न सक्थे । हाम्रो टिम त्यही ओडारमा गएर बस्यो । १५÷१६ वर्षका कलाकार भाइबहिनीलगायत अभियानका अन्य साथीसमेत ३६ जनाको टोली पाँचदिन त्यही ओडारमा बस्नु प¥यो । ओडारको बसाई अत्यन्तै तनावपूर्ण रह्र्यो । राजनीतिक र वैचारिक कुरा पनि भोकका अगाडि त्यति हुदो रहेनछ । हामीसँग खानेकुरा थिएन । सुरुका दिनमा हामीसँग भएको खाजा जम्मा ग¥यौं ।
सेनाविरुद्ध एम्बुस सफल भएको खुसीमा हामीले प्राप्त चिज बा¥डेर खायौं । एम्बुस सफल नभएको भए हामी मारिन पनि सक्थयौं । गाउँ गएर खाना ल्याउने सम्भावना पनि थिएन । एकएक फाँको खाएर जिजयभोज ग¥यौं । तल एकघण्टाको दुरीमा सेना बसेकाले सुरक्षाको दुष्टिले भोलिपल्ट विहान वा दिउसो पनि पकाउने सम्भावना थिएन । न त हामीसँग पकाउनका लागि सञ्चित खाद्यन्न नै थियो । अर्र्काेतिर, जंगलमा आगो बाल्दा शाहीसेनाले अपरेसन गर्ने डर पनि उत्तिकै थियो । दिनभर भोकै बसे पनि बेलुका जंगलको छेउछाउ भएका गुरुङको गोठमा पुगरे केही चामल र पकाउने डेक्ची बटुल्यौं । त्यही डेक्चीमा १० पटक लगाएर भात पकाइयो । निस्तो भातलाई प्लाष्टिकमा राखेर खायौं । एकजाना रुकुमबाट आएका साथी छाँयाले दिनभर जंगलमा सिस्नो टिपेका रहेछन. हामीले दाउरा बटुल्यौं । छाँया जनतामा अत्यन्तै घुलनशील स्वभावका रहेछन् ।
प्रगतिले रातभर सिस्नो पकाएर राखेका रहेछन् । विहान सबैलाई एकएक डाडु खान दिए । त्यस दिनभर पनि भोकै बस्यौं । दुश्मन अझै पनि अड्डा जमाएर बसेको थियो । तेश्रो दिन दलबहादुरले गाउँबाट एउटा बोका लिएर आए । उनले चामल पनि ब्यवस्था गरेका रहेछन् । बोका त आयो तर हामीसँग काट्ने र पकाउने चीज थिएन । लमजुङका साथीहरुसँग खुर्पा थियो । खुर्पाले बोको काटेर मासु पोल्यौं । एकएक पाउ सबैको भागमा प¥यो । पोलेको मासु र भात खाएको अनुभव वास्तवमा अनौठो थियो । हामीसँग नुन पनि थिएन । साथीहरुले भोलिपल्ट गोठमा गएर नुन खुर्सानी ल्याए । बचेका बाँकी हड्डीमा नुन, खुर्सानी र जंगली साग हालेर पकायौं । निकै स्वाष्टि झोलसंग भात खायौं । ओडारमाथि निकै भिरालो डाँडा थियो । वरिवरि डुल्न सकिन्थ्यो । भाइबहिनीहरुले २४ घण्टासम्म खान नपाउँदा कहिले रुने, कहिले हास्ने, कहिले चिच्याउने, कहिले गीत गाउने जस्ता अनौठा ब्यवहार देखाएर समय पार गरिरहेका थिए । युद्धक्षँेत्रको त्यो अनुभव मेरो जीवनको एउटा अविस्मरणीय क्ष्ाँण रह्यो । सेना रिट्रिट भएपछि विजयको प्रतिकका रुपमा लापुमा एउटा गेट बनायौं ।
हाम्रो टोलीले गोरखाको उत्तरपूर्वी भेगमा केही दिनअगाडि नै अभियान सकेको थियो । हाम्रो टोली लापूको डाँठीहुँदै सौरपानीमा पुग्यो । भण्डारी गाउँमाथिको जंगलमा एकदिने प्रशिक्ष्ाँण कार्यक्रम सञ्चालन ग¥यौं । हामीले पुनर्ताजगीसहित अभियानलाई अगाडि बढायौं । संगठन निर्माण, जनपरिचालन तथा सुराकी र जनविरोधीलाई सामान्य चेतावनीका कारवाही गर्दै वारपाकमा पुगियो । त्यहाँ विशाल आमसभा गरियो । र फल्गुन महिनाको अन्तिममा स्वारा गा.वि.स.माथिको जंगलमा ‘हाईसेक्री’ खाँदै तीनदिनसम्म गोरखा जिल्लामा सञ्चालित डेढमहिने अभियानको समीक्षाँत्मक कार्यक्रम गरेर अभियानको समापन गरियो । सारमा अभियान अत्यन्तै उपलब्धिमूलक भएको जिल्ला इन्चार्ज विजयले बताए ।
अभियानको सफलता र भाइबहिनहिरुसँग हाँस्दैखेल्दै काम गर्दा देवेनद्र पौडेल, प्रताप पाठक, भरत ढुंगाना, रमेश श्रेष्ठलगायतका शुभचिन्तकहरुले तिमी पछाडि हट्नु हुन्न भनेर दिएका सल्लाह र सुझाव ठिक रहेको महसुसर भयो । विगतका अन्तरविरोधपूर्ण स्थितिबाट केही राहत महसुस भयो । हाम्रो टोली स्वाँराबाट दरौंदी पार गरेर जौबारी, कोजे, केराबारी पुग्यो । चेपे तरेर लम्जुङको कोल्की गा.वि.स.को तश्यो गाउँमा खाना खान पुग्यौं । करिब बाइस घण्टासम्मको नियमित हिंडाइले हामी साह्रै थाकेका थियौं । त्यसदिन आराम गरियो । बेलुकापख हाम्रो टोली पाचोक गा.वि.स.को उपल्लो पाचोकतर्फ लाग्यौ । त्यहाँ इन्चार्ज पुष्पविक्रम मल्लसँग भेटघाट गरेर आगामी योजना बनाउने कुरा थियो । त्यसैले सेल्टरमा पुग्नुअघि स्थानीय साथीहरुले सम्पर्कसम्म लगे । हाम्रो टोली पाचोक गा.वि.स. मा चैत्र एक गते नै पुगिसक्नु पथ्यौं । तर तीन गते मात्र पुथ्यौं । कारण दुश्मनको चलखेल अत्यन्तै बढी थियो । दुश्मन आप्mनो क्याम्पबाट उक्त क्षँेत्रका कुनै पनि स्थानमा तीन चार घण्टामा पुग्न सक्थ्यो । तीन गते आराम गरेर चार गते मात्र बैठकमा सहभागी भयौं ।
लमजुङको भुगोलमा क्रियाशील थियौं । लमजुङ गोरखाभन्दा क्षत्रफलको हिसाबले सानो र सुरक्षाको हिसाबले खतरापूर्ण रहेको कुरा कमरेडहरुले बारम्बारको छलफलमा बताइरहेका थिए । सदरमुकाम बेसिशहरबाट अत्यन्तै टाढाको गा.वि.स. मा पनि चार घण्टामै सेना पुग्न सक्थयो । दुश्मनको चलखेल पनि बढी थियो । युद्धको आवश्यकता अनुसार संगठनको विस्तार, सुदृढीकरण र पार्टीका कमिटी निर्माण भइसकेका थिएनन् । लमजुङको भौगोलिक अवस्था र सुरक्षासम्बन्धी संवेदनशीलतालाई मध्यनजर गदैृ टोलीलाई विकेन्द्रित गर्ने निर्णय ग¥यौं । यसो नगरी अगाडि बढ्दा ठूलो क्षति ब्यहोर्न पनि सकिन्थ्यो । सम्भव भएसम्म ससाना टोली बनाएर सदरमुकाम नजिकका गाउँसम्म अभियानलाई पु¥याउने योजना बनाउँदै उत्साहजनकरुपमा बैठक टुंगियो ।
तीनदेखि पाँच जनासम्मको टोली बनाउने, त्यसलाई पिढीं कार्यक्रमको रुपमा संचालन गर्ने, पोष्टर टाँस्ने। पिंढीसभा गर्ने र भेटघाट कार्यक्रमलाई जोड दिने सल्लाह पनि भयो । अर्को महत्वपूर्ण निर्णयको रुपमा उक्त सम्पूर्ण कार्यक्रमको राजनीतिक कमिसार मलाई बनाइयोे । र, बुद्धिराम तमू सहकमिसार बने । शशी बहिनी थिइन्, उनी सांस्कृतिक टोलीकी कमाण्डर बनिन् । कलाकार रेणू थापा कलाकार टोलीको कमिसार बनिन् । कतिपय साथीलाई आर्थिक संकलनका लागि पर्यटकहरु आउने हिमाली क्ष्ँोत्रमा पनि खटायौं । हामी आआप्mना जिम्माका काम लिएर अगाडि बढ्यौं । चार पाँचबटा टिममध्ये हाम्रो टिम मुख्य थियो । कलाकार, सुरक्षा टोली, नेता र कार्यकर्ता गरी हाम्रो २२ जनाको टोली थियो ।
पाँच गते दिउँसो उपल्लो छैलुङमा सबेर नुहाउने, कपडा धुने र आराम गर्ने काम भयो । साँझ त्यही ठाउँमा कार्यक्रम गर्ने योजना थियो । साँझको कार्यक्रम सम्पन्न भयो । र, कार्यक्रम सकेर त्यहाँबाट पश्चिमतिर लाग्यौं । हामी अहिले पनि छैलुङकै भू–भागलाई पछ्याइरहेका थियौं । हामीले अभियानकै क्रममा कलाकार टोलीको बैठक पनि राख्यौं । बैठक गरेको ठाउँ पाचोक गा.वि.स. को छदीगाउँ थियो । पाचोकमा जनमुक्ति सेनाको बटालियन हेडक्वाटर पनि बस्दोरहेछ । बेनी आक्रमणका लागि उक्त बटालियन त्यहाँ गएको रहेछ । राति करिब नौ दश बजेतिर छैलुङ पुगियो ।
सेल्टर लिएको छैलुङ गाउँको भूगोल र जनजीवनबारे सामान्य जानकारी लिनु मेरा लागि पहिलो काम थियो । छैलुङगाउँको उत्तर र पश्चिममा ठूलो जंगल थियो । त्यहाँ ५०÷६० वटा गुरुङ जातिका घर थिए । गाउँका केही युवा पुलिस र सेनामा जागिरे रहेकको बुझियो । पुलिस र सेनाका परिवाको बाहुल्य भएकाले पहिलेपहिले पनि यो गाउँलाई सुरक्षाको हिसाबले शंकास्पद र उच्च सतर्कता अपनाउनुपर्ने गाउँको सुचीमा राखिएको रहेछ । तै पनि हामी अभियान संचालन गर्न त्यसै गाउँमा केन्द्रित हुने निर्णय ग¥यौं । त्यस गाउँमा पनि वैचारिक अभियान अगाडि बढाउने र पार्टी र क्रान्तिको उद्देश्यप्रति आश्वस्त पार्नु आवश्यक थियो । शोषितपीडित जनताका मुक्ति अभियान उनीहरुको पनि अभियान थियो । हामी सोही गाउँमा बास बस्यौं ।
पहाडी बस्तीमा चक्कर मार्दा मैले अर्को अनौठो र रोचध कुरा थाहा पाएँ । हमी बसेको छैलुङगाउँको सामुन्नेमा अर्को गाउँ थियो । एउटा गाउँबाट अर्को गाउँमा बोलाएर सूचना आदानप्रदान गर्न सकिन्थ्यो । आँखाले गाउँका गतिविधि थाहा पाउन पनि सकिन्थ्यो । तर, हामी बसेको गाउँबाट त्यो गाउँ पुग्न करिब डेढघण्टा हिंड्नुपर्ने तथ्य साथहिरुले बताए । गाउँहरुको यस्तो विशेषताको बारेमा मलाई पहिले कुनै जानकारी थिएन । रोल्पा÷रुकुममा पनि यस्ता धेरै गाउँ भएको कुरा साथीिहरुले सुनाउथे । त्यसैले सेना÷पुलिससँग आमनेसामने देखादेख हुँदा पनि सजिलैसँग भाग्न सकिन्थ्यो । पहिले कथाजस्तो लाग्ने कुरा अहिले आप्mनै जीवनमा भोगिरहेको थिएँ ।
त्यसबेला छैलुङमा चिसो बढ्दै रहेछ । त्यसैले अगेना र सिरक नभई सुत्नलाई निकै गाह्रो थियो । हमी त्यसरात गाउँका पाँच सातवटा घरमा छरिएर सुतेका थियौं । बिहान उठिसकेपछि नित्य काम सकेर छ बजेको रेडियो सुन्यौं । म्याग्दीको सदरमुकाम बेनीबजारमा जनसेनाले भिषण आक्रमण गरेको समाचार सुनियो । खबरले हामीलाई उत्साहित बनायों । त्यसदिन पनि विहान गाउँभर प्रचारप्रसारका काम भए । जनतालाई सम्झाउने, बुझाउने र जनयुद्धबारे जानकारी गराउने उद्देश्यले कोणसभा गर्ने योजना हाम्रो टिमले बनाएको थियो ।
ब्ुद्धिराम जिल्ला जनसरकार प्रमुख र स्थानीयवासी पनि भएकाले ब्यवस्थापनमा कुनै समस्या परेको थिएन । उनी बुद्धिजीवी र नेताको रुपमा जनतामा स्थापित पनि थिए । तमूहरुले उनलाई फम्बा भनेर बोलाउने रहेछन् । बौद्ध धर्मअनुसार फम्बा को अर्थ घडा रहेछ । बुम्बा शब्दको अपभ्रंश भएर फम्बा भएको कुरा बुद्धिरामले बताए । उनी फम्बाको रुपमा पनि परिचित थिए । हम्रो योजनाअनुसार कोणसभाको कार्यक्रमका लागि गाउँले जम्मा पार्ने काम ग¥यौं । गाउँले जम्मा भएपछि कोणसभा भयो । बीचबीचमा सांस्कृतिक कार्यक्रम पनि देखायौं । पूरै गाउँ क्रान्तिकारी गीत÷संगीतले जुरुकजुरुक उठेको भान भयो । गाउँलेहरु पनि उत्साहित नै थिए । कार्यक्रम सकेर विभिन्न घरमा छरिएर खाना खायौं ।
खाएपछि आराम गर्दा त्यस गाउँको जटिलता, हाम्रो अभियान भर्खरै पार्टीले बेनी मोर्चामा हासिल गरेको सफलताले मलाई उद्धेलित बनाइरह्यो । सफलता, असफलता र क्रान्तिकारी रोमाञ्चकताहरु दिमागमा फन्को मारिरहे । साथीहरुले पनि यस्तै सोचेको हुनुपर्छ भन्ने मेरो अनुमान थियो । हामी आत्मसंघर्ष र अन्तरसंघर्षको युद्धलाई जितेर दुश्मनसँगको युद्धमा सरिक भइरहेका थियौं । त्यसो नगरी दुश्मनसँगको युद्ध जित्न सजिलो पनि थिएन । आत्मसंघर्ष र अन्तरसंघर्षको युद्ध जितेपछि मात्र दुश्मनसँगको युद्ध लड्न सकिने रहेछ भन्ने कुराको हेक्का बलियो बनेको थियो । सबै क्रान्तिकारीलाई जस्तै मलाई पनि त्यस्तै अनुभूति भइरहेको थियो । हातलाई सशस्त्र बनाउनुभन्दा पहिले दिमागलाई सशस्त्र बनाऊ, भन्ने दर्शनको ब्यावहारिक प्रयोग र परिक्षणको कसीमा हामी थियौं ।
त्यसैदिन जंगलको बाटो भएर अर्को गाउँतिर जानुपर्ने भएकाले दिउँसै हिंड्ने तयारीमा थियौं । बिहानको खाना खाएर एघार बजेतिर जम्मा भयौं । स्थानीय साथीहको भनाइमा हामीले सेल्टर बनाउने अर्को गाउँ ढोडेनीको कर्तिसम्म पुग्न करिब आधा घण्टा हिंडनु पर्दथ्यो । १२ बजे हिंड्ने भनेर हामी फर्मेशनमा जुटिरहेका थियौं । रोलकल सुरु भयो । गाउँले पनि आश्चर्यचकित बन्दै हाम्रा गतिविधि नियालिरहेका थिए । हामीले गाउँलेलाई पनि ब्रिफिङ गर्दै रोलकल कार्यक्रममा सहभागी गराउथ्यौं । ब्रिफिङ सकिनै लागेको थियो, ठिक त्यसैबेला सेना आयो, सेना आयो भन्ने हल्ला खल्ला मच्चियो । केटाकेटी र स्थानीय मानिसको दौडधुप सुरु भयो । गाउँलेका लहैलहैमा हामी पनि बिनानिर्देशन अन्धाधुन्ध आआफ्नो अनुकुल भूगोलतर्फ दौडियौं । र, सबैजना तितरवितर भयौं ।
भगदौडको क्रममा कसैका झोला छुटे, कसैका जुत्ता÷चप्पल हराए । बारीका कान्दामा हामफाल्दा एउटा साथी अर्कोमाथि हामफाल्दै र पछारिदै भागियो । चट्याङ पर्दा बिजुली चम्केजस्ता एक्कासी आइपरेको विपद्ले त्यस्तो स्थिति आयो । गाउँको नजिकै पाच मिनेट दूरीमा घना जंगल थियो । जंगलमा नपुगी बाँच्ने सम्भावना थिएन । भिडन्त गर्नलाई हामीसँग कुनै हातहतियार थिएनन् । हामी एकोहोरौ दौडिरहँदा बन्दुक पड्किएको आवाज भने आएको थिएन । म र खुसीराम पाख्रिनका छोरा दोर्जे सँगसँगै दौडिरहेका थियौं । दौडिमात्र राखेका छौं, अहिलेसम्म गोल िचलेको छैन, जंगलतिरबाट घेरेको रहेछ भने पनि हामी उनीहरुको घेराभित्र छौं । वास्तविकता बुझ्नुप¥यो भन्ने कुरा मैले दोर्जेलाई राखेपछि उनले पनि आफूलाई त्यस्तै लागेको बताए । उनी सेनाका भाइस कमाण्डर पनि थिए । उनको साथमा २ वटा ग्रिनेड थियो । हामी एकछिन रोकियौं । जंगलमा पुगर हामीले त्यहाँको गतिविधि नियालेर गाउँतर फर्कने योजना बनायौं । र, हामी उच्च सतर्कतासाथ गाउँमा फर्कियौं । बुद्धिरामलगायतका साथीहरु पनि गाउँमा फर्किने क्रम चल्यो ।
गउँको सबैभन्दा सिरानको घरमा हामीले वास्तविकता जान्ने कोशिस ग¥यौं । घरकी बूढी आमाले गाउँमा एउटा फटाहाले गर्दा त्यस्तो पीडादायी घटना घटेको कुरा बताइन । गाउँका एकजना बूढालाई गाउँलेहरुले फटाहा र सुराकी भएको आशंका गर्दा रहेछन् । बूढी आमाले पनि रिसाउँदे आजको घटनाका मुख्य दोषी उनै बूढा भएको किटानी गरिरहेकी थिइन् । पक्कै पनि त्यही फटाहाको चालबाजी हो भन्दै सत्तोसराप गरिरहेकी थिइन् । पहिले पनि यसरी नै गाउँलेलाई उसले सताउने गरेको कुरा बुूढी आमैले गरेपछि हामी पनि उक्त फटाहालाई कारबाही गनुृपर्छ भन्ने निस्कर्षमा पुग्यौं ।
बुढीआमाले हामीसँग आक्रोस पोखिरहँदा उनको परिवारका सदस्यले भोलि अप्ठ्यारो पर्न सक्ने हुँदा धेरे कुरा नगर्न चेतावनी दिइरहेका थिए । तर बूढआिमाल आक्रोससित बनेको देख्दा घटनाको थप जानकारी बटुल्ने काम गर्नुभन्दा बूढीआमाकै कुरामा विश्वस्त हुने वातावरण बन्यो । शंकास्पद बूढाको गतिविधि बुझ्न गाउँघरतिर मान्छे पठाइयो । बूढो घरमा नभएको सूचना साथीरुले ल्याए । खोजतलास गर्दा पनि गाउँमा बूढो भेटिएन । हाम्रो अभियानको उद्देश्य सुराकी र फटाहालाई सामान्य चेतावनी र कारबाही गर्नेसम्म पनि थियो । बूढा फटाहा नै रहेछ भन्ने लागेपछि कारबाही अघि बढाउने निधो ग¥यौं ।
चैत ८ गते सिमसिम पानी परिरहेको थियो । प्रकृति नै राइरहेजस्तो भान भइरहेको थियो । सिमसिम झरी लाग्दा भएको जाँगर पनि मरेर जान्छ । भनेजस्तै हामी पनि कठाङ्ग्रिएका थियौं । अप्रत्यासितरुपमा भएको घटनाबाट दुःख र हर्षमिश्रित भावना साटासाट गर्दै र चिसोमा जाँगरलाई बटुलबाटुल पार्दै भाग्दा लागेका घाउमा मलहमपट्टी ग¥यौं । अझ सतर्कताका साथ चारैतिर सेन्ट्री बस्ने काम मिलायौं । केही समयपछि इन्चार्ज पुष्पविक्रमसँग सम्पर्क भयो । उनलाई समग्र घटनाको जानकारी गराइयो । उनले तमुवान स्वायत्त प्रदेशको बैठक ११ गते बस्ने जनकारी गराए । तामाङ स्वायत्त प्रदेशको सदस्यको हैसियतले उक्त बैठकमा मैले भाग लिन जानुपर्ने थियो । बैठकमा म, बुद्धिराम र चेतना पनि जानुपर्ने थियो । तर, नेतृत्व सबै जाँदा अभियान प्रभावित हुने सोचेर मल्लले अभियानलाई निरन्तरता दिँदा उपयुक्त हुन्छ भनेर निर्देशन दिए । चेतनालाई मात्र पठाइयो । बुद्धिराम र म अभियिनमै बस्यौ. ।
अभियान टोलीमा हाम्रो जासुसी विभाग पनि थियो । दिउँसोको घटनाको यथार्थ बुझ्न र सेनाबारे जानकारी राख्न इन्टेलिजेन्सका साथी सेना आउनसक्ने सम्भावित स्थानतिर परिचालित भए । इनचार्जसँग भेटका लागि चेतना पूर्वतिरको उपल्लो पाचोक गाउँमा गइन् । उनले त्यस क्षेत्रमा एकदुई महिनादेखि काम गरेकी रहिछन् । उनको रुट दक्षिण भएर पूर्वतिर जान्थ्यो । त्यताबाट सेना आएको जानकारी उनले गराउने भन्ने थियो । त्यसैले पूर्व, दक्षिण र उत्तरमा सिंह, चेतना र सेन्ट्री भएकाले सेना आएमा तुरुन्तै खबर भइहाल्थ्यो । पश्चिमतिर दुईजना डि.सि.एम. साथी जासुसीका लागि गएका थिए । उत्तरमा घना जंगल थियो । त्यसैले हामी दिउसोको घटनामा हाम्रो कमजोरी भएको समीक्षा गर्दै झरीमा ढुक्कसँग बस्यौं । आगामी गन्तब्यका लागि आठ घण्टा हिंड्नुपर्ने भएकाले साँझको खाना पनि त्यही गाउँमा खाएर बाटो तताउने योजना बनायौं ।
गाउँलेले फटाहाको आरोप लगाएका ब्यक्तिलाई भेट्न सकिएन । बुझ्दैजाँदा उनका बाबुछोरी मात्र रहेछन् । छोरीलाई भेट्यौ । मैले र बुद्धिरामले उनलाई भन्यौं, तिम्रो बाबु फटाहा रहेछन् । उनले गर्दा हाम्रा दुइ तीन जना साथी घाइते भए । गाउँमा आतङ्क मच्चियो । सबैले दुःख पाए । चोटपटक लाग्यो । तिम्रो बुबालाई गर्ने कारबाही तिमीलाई गर्ने कुरा पनि भएन । त्यसैले हामी सबैलाई खाना खुवाउनुपर्छ । उनी आत्तिइन् । त्यो निर्णय पनि मलाई त्यति उचित लागेन । त्यसपछि मैले हामीमध्येका चौध जनालाई खुवाउनु पर्छ भनेँ । उनी गाउँघरमा दौडधुप गर्न थालिन् । पहाडको बस्तीमा यति धेरैलाई एकैपटक खाना खुवाउन गाह्रो हुने कुरा निश्चित थियो । अलि ज्यादती भयो कि भन्ने ठानेर मैले आठ जनालई मात्र खुवाऊ, अरु साथी गाउँमा छरिएर खान्छौं भन्ने कुरा राखें । मालेकाङ खाँदा खाँदा हामी पनि हैरान भएका थियौं । भात खान नपाएको पनि महिनौं बितेको थियो । बहिनीले कताकता जुटाएर आठ जनाको लागि दालभात र तरकारकिो ब्यवस्था गरिन् । हाम्रो पछिल्लो निर्णयले उनलाई पनि अलि सहज भएकाले बहिनी पनि खुसी देखिइन् । मालेकाङ अर्थात् मकैको च्याख्लामा कोदोको पिठो हालेर ओडालेर बनाएको परिकारले आज पालो पाउनेवाला थियो । यद्यपि गुरुङ मालेकाङ्ग र सिस्ना भनेपछि हुरुक्कै हुने रहेछन् । तर आफू भने सहरिया जीवनमा अभ्यस्त भएकोले मालेकाङ भेनेपछि खाने मन नै मरेर जाने अवस्था थियो ।
‘युद्धका डोबहरु’ बाट
Add Comment