समाचार हेडलाईन न्युज

काठमाण्डौ उपत्यकामा थप १ सय ८२ जनामा कोरोना पुष्टि

सुनकोशी न्युज
२०७७ भदौ ५ गते शुक्रवार

काठमाण्डौं— पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १ सय ८२ जनामा कोरोना पुष्टि भएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाण्डौं, भक्तपुर र ललितपुर मा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार काठमाण्डौंमा १ सय ४२, ललितपुरमा २५ र भक्तपुरमा १५ संक्रमित थपिएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७

 

 

ताजा अपडेट