समाचार

गौमतिबाट २०५३ सालमा एसएलसी दिने विद्यार्थीहरुको २३ वर्षपछि जमघट

सिन्धुली, २०७६ श्रावण १९
श्री गौमित नमूना उच्च माध्यामिक विद्यालय सिन्धुलीमाढीबाट मिति २०५३ सालमा एस.एल.सी. दिएका विद्यार्थीहरुबीच २३ वर्षपछि जमघट सम्पन्न भयो । नया वानेश्वरको एलिनाज वेङ्क्वेटमा उक्त जमघट भएको हो । एसएलसीपछि उच्च शिक्षा हासिल गर्न विभिन्न ठाउ मा पुगेका तथा विभिन्न पेसाव्यवसायका लागि देश–विदेशमा रहेको करिब डेढ दर्जन स्कुले सहपाठीबीच उक्त भेला सम्पन्न भएको हो ।
वेलायतको लण्डनमा विगत सात वर्षदेखि बसेका सिन्धुली खाङसाङका राजेश पहाडी नेपाल आएका बेला उनकै विशेस पहलमा भेला सम्भव भएको हो । भेल गर्न पत्रकार महासंघ सिन्धुलीका पूर्व सभापति सञ्जय दाहाल र कमलामाई नगरपालिका, वडा नं. ५ मधुटार माइति भएकी नानीमैया रञ्जितकारले विशेष सहयोग गरेका थिए । छोटो समयमा काठमाण्डौंमा उपलब्ध सोही ब्याचका साथीहरुलाई खबर गरेर गरिएको कार्यक्रममा उल्लेखनीय सहभागिता नभए पनि उत्साजनक र रोमाञ्चित वातावरणले आगामी दिनमा छिटै एउटा बृहत भेला वा पिकनिक आयोजना गर्नेमा सबै एकमत भए । हतारमा आयोजना गरिएको कार्यक्रम भएकाले धेरै साथीहरु आउन चाहेर पनि सहभागी हनु नसकेको पहलकर्ता सञ्जय दाहालको भनाई छ ।
भेलामा कक्षा १ देखि एसएसलसीसम्म गौमति स्कुलमै अध्ययन गरेका कमलामाई नगरपालिकाका बिदुर खड्का, सञ्जय दाहाल, राजेश पहाडी, नानीमैया रञ्जीतकार, निता पोखरेल, राजन श्रेष्ठ, ज्ञानेन्द्र(गणेश) कार्की, सुरेन्द्र कार्की, शम्भु पहाडी, लेखराज गुरुङ, दिपक श्रेष्ठ लगायत सहभागी थिए ।
उक्त मितिमा सो स्कुलबाट जम्मा १२९ जना विद्यार्थीले एसएलसी दिएका थिए । आगामी भेलामा सम्भव भएसम्म ती सबै विद्यार्थीलाई भेलामा सहभागी गराउने र आफूले अध्ययन गरेको स्कूलका लागि केही गर्न सबैलाई उत्साह प्रदान गर्ने उक्त भेलाले लिएको भेलामा सहभागी राजेश पहाडीले बताए ।

प्रकाशित मिति: आइतवार, साउन १९, २०७६

 

 

ताजा अपडेट