समाचार हेडलाईन न्युज

लिदी पहिरोमा ज्यान गुमाएकाका परिवारलाई १ लाख राहत

सुनकोशी न्युज
२०७७ साउन ३२ गते आइतबार
काठमाण्डौं । सिन्धुपाल्चोकको लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी ज्यान गुमाएकाका परिवारले रु.१ लाख रुपैयाँ राहत पाउने भएका छन् । विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई रु.१ लाख रुपैयाँका दरले राहत रकम दिने निर्णय गरेको हो ।

काजकिरिया खर्चका लागि मृतकका परिवारलाई तत्काल २५ हजार रुपैयाँ पनि दिने निर्णय भएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । यस्तै दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय पनि भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हालसम्म १८ जनाको मृत्यु भएको पुष्टि भएको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो भने शनिबार थप सात जनाको शव फेला परेको थियो ।

प्रकाशित मिति: आइतवार, साउन ३२, २०७७