समाचार हेडलाईन न्युज

नोभेल कोरोना भाइरसको संक्रमण थप ५२५ जनामा पुष्टि

सुनकोशी न्युज
२०७७ साउन २९ गते बिहीबार

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरसको संक्रमण ५२५ जनामा पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको कुल संख्या २४ हजार ९५७ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार ७३ पुरुष र २२ महिला गरेर मृतकको संख्या ९५ पुगेको छ।  मन्त्रालयका अनुसार अहिले आइसोलेसनमा सात हजार २०१ रहेका छन् भने क्वारेन्टाइनमा ११ हजार ५८  रहेका छन्।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १०९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १६  हजार ८३७ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ९ हजार ८५९  जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ४ लाख ८३ हजार २८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित मिति: बिहिबार, साउन २९, २०७७