विदेश समाचार हेडलाईन न्युज

जम्मू-कश्मीर-लद्दाखलाई समेटेर पाकिस्तानले जारी गर्‍यो नयाँ नक्सा

सुनकोशी न्युज
२०७७ साउन २० गते मंगलबार
काठमाण्डौं । पाकिस्तानको नयाँ राजनीतिक नक्सामा जम्मू कश्मीर लद्दाख जूनागढलाई समेटेर जारी गरिएको नक्सालाई पाकिस्तानको मन्त्रिपरिषद्ले नयाँ राजनीतिक नक्साको रुपमा स्वीकृति दिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबार यसबारे जानकारी दिएका हुन् । उनले मन्त्रिपरिषद्को निर्णयलाई विपक्षी पार्टी र कश्मीरी नेतृत्वले स्वागत गरेको समेत बताए ।

पाकिस्तानको नयाँ राजनीतिक नक्साले पाकिस्तानी जनताहरूको उमंगको प्रतिनिधित्व गर्ने बताउँदै उनले भने, ‘पाकिस्तान र कश्मीरीहरूले सैद्धान्तिक विचारधारालाई यसले समर्थन गर्ने छ ।’

भारतले अघिल्लो वर्ष ५ अगस्तमा कश्मीरमा जुन गैरकानुनी कदम उठाएको थियो, उसले यो राजनीतिक नक्सालाई अस्वीकार गर्ने छु उनले भने ।

इमरान खानले अबदेखि पाकिस्तानी स्कुल, कलेज र सबै सरकारी कार्यालयमा पाकिस्तानको यो आधिकारिक नक्सा राखिनेसमेत बताए ।

प्रकाशित मिति: मङ्लबार, साउन २०, २०७७