शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

पूर्वसचिव डा उप्रेती स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त

सुनकोशी न्युज
२०७७ साउन २० गते मंगलबार
काठमाण्डौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा पूर्व स्वास्थ्य सचिव डा। सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा। उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि स्वास्थ्य मन्त्रालयले डा। उप्रेतीलाई नियुक्त गर्न सिफारिस गरेको थियो । यसअघि १२ साउनमा बसेको मन्त्रिपरिषद बैठकले बोर्डको यसअघिका अध्यक्ष डा।उमाशंकर प्रसादले पदबाट दिएको राजिनामा स्वीकृत गरेको थियो ।

स्वास्थ्य बीमा बोर्डको अध्यक्षको पदावधी चार वर्षको हुनेछ ।

प्रकाशित मिति: मङ्लबार, साउन २०, २०७७