शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

नयाँ रणनीतिअनुसार कोरोना नियन्त्रण गर्ने : मन्त्री ढकाल

सुनकोशी न्युज
२०७७ साउन १८ गते आइतबार

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अहिले देखिएको कोरोना संक्रमणको अवस्थाको वृद्धिदर अझै बढ्दै गयो भने काठमाडौं उपत्यकामा कुनैपनि बेला भयावह स्थिति आउन सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् ।

सरकारले लागू गरेका नियम, मापदण्डहरुलाई पालना नगर्दा र लकडाउन खुकुलो भएपछि मानिसहरुको मुभमेन्ट बढेको साथै संक्रमण देखिएका ठाउँबाट समेत मानिसहरु काठमाडौंमा आउँदा फेरि संक्रमणको जोखिम बढेको उनले बताए ।

काठमाडौं उपत्यकामा संक्रमण फैलिएको सम्बन्धमा मन्त्री ढकालले सरकार नयाँ रणनीतिअनुसार नियन्त्रण गर्ने गरी अगाडि बढ्न लागेको बताए ।

उनले भने– ‘बाहिरबाट आउने व्यक्तिहरुको हकमा क्वारेन्टाइनमा राख्ने खालको व्यवस्थापनमा हामीले जोड दिनुपर्छ । दोस्रो गाडी चलाउने कुरामा पनि भरमजदुर भन्दा पनि जोर बिजोर प्रणालीको कुरा गरियो भने त्यसले एक हदसम्म आवश्यकतालाई पनि पूर्ति गर्न सक्छ ।

प्रकाशित मिति: आइतवार, साउन १८, २०७७