समाचार हेडलाईन न्युज

बढ्यो पेट्रोल र डिजेलको मूल्य

Nepal Oil Corporation. Photo: THT file

सुनकोशी न्युज
२०७७ साउन १७ गते शनिबार

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य २–२ रुपैयाँले बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको जनाउँदै शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार अब प्रतिलिटर पेट्रोल १०४, डिजेल ९० र मट्टितेल ९० रुपैयाँ पर्ने छ ।                                               

प्रकाशित मिति: शनिबार, साउन १७, २०७७