समाचार स्थानीय हेडलाईन न्युज

फिक्कलका इन्जीनियर गाउँपालिकाबाट मन्त्रालय फिर्ता

सुनकोशी न्युज
२०७७ श्रावण ३ गते शनिबार
सिन्धुली फिक्कल । सिन्धुलीको फिक्कल गाउँपालिकाका इन्जिनियर विष्णुप्रसाद कंडेललाई गाउँपालिकाले संघमा फिर्ता गरेको छ । गाउँपालिकाको निर्णयअनुसार इन्जीनियर कंडेललाई फिर्ता गरिएको प्रमुख धन बहादुर कार्कीले बताएका छन् ।

इन्जीनियर कंडेलले जनप्रतिनिधिलाई असहयोग गरेकाले उनलाई मन्त्रालय फिर्ता पठाइएको अध्यक्ष कार्कीले जानकारी दिए । चिठीमा ‘तपाईंले गाउँपालिकामा बसेर गर्नुभएको काम सन्तोषजनक नभएको, उपभोक्ता र जनप्रतिनिधिहरुप्रति अमर्यादित व्यावहार गरेका कारण तपाईंलाई यस गाउँपािलकामा सो पदमा रही कामकाज गर्न अयोग्य ठहर गर्दै मिति २०७७ असार ३१ गतेको गाउँपालिकाको निर्णयअनुसार २०७७ श्रावण १ गतेको निर्णय अनुसार संघमा फिर्ता गरिएको छ ।’ उल्लेख छ ।

उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरिएको चिठीमा उल्लेख उल्लेख छ । गाउँपालिकाको निर्णय अनुसार अब मन्त्रालयमा हाजिर हुन जाने इन्जिनीयर कंडेलले सुनकोशी न्युजलाई बताए ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०७७