समाचार हेडलाईन न्युज

अझै थप छलफल गर्ने नेकपा सचिवालयको निष्कर्ष

सुनकोशी न्युज
२०७७ साउन ३ गते शनिबार,

काठमाडौं – नेकपाको सचिवालय बैठकले पार्टीको आन्तरिक संकटलाई समाधान दिन नसकी टुङ्गिएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे चार घण्टा लामाे बैठकमा खास निष्कर्ष ननिस्किएको र थप छलफल जारी राख्ने सहमति भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

छलफल जारी छ । सचिवालयमा अझै छलफल गरेर पार्टी एकता रक्षा र सुदृढ गर्ने, जनादेशअनुसार काम गर्ने गरी अझै थप छलफल गर्ने निष्कर्ष निकालिएको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भन्नुभयाे।

 

प्रकाशित मिति: शनिबार, साउन ३, २०७७