समाचार हेडलाईन न्युज

अपहरणमा परेको केही घण्टामै सकुशल उद्धार

सुनकोशी न्युज

२०७७ साउन २ गते शुक्रबार,

काठमाडौं- शुक्रबार बिहान अपहरणमा परेका रामबाबु साहको दिउँसो प्रहरीले सकुशल उद्धार गरेको छ।

काठमाडौं टोखाको कोठाबाट उनलाई चार-पाँच जनाको समूहले अपहरण गरेर लगेका थिए। अपहरण लगत्तै २५ लाख माग राख्दै अपहरणकारीले साहका छोरालाई फोन गरेका थिए।

उनले बिहान साढे १० बजे प्रहरी कन्ट्रोलमा आफ्ना बुबालाई अपहरण गरेको भन्ने खबर गरेका थिए। त्यसपछि महानगरीय अपराध महाशाखाको टोली खटिएको थियो।

प्रहरीले लोकन्थलीको एक कोठाबाट शुक्रबार दिउँसो साढे १ बजेतिर सात जनालाई नियन्त्रणमा लिएकोछ । उनीहरूले साहलाई सोही कोठामा बन्धक बनाएर राखेका थिए।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७