समाचार हेडलाईन न्युज

नेकपा स्थायी समिति बैटक ३ बजेसम्मका लागि स्थगित

सुनकोशी न्युज
२०७७ साउन २ गते शुक्रबार,
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज ३ बजेसम्मका लागि स्थगित भएको छ ।

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मक लागि स्थगित गरिएको अध्यक्ष प्रण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले भरखरै जानकारी गराएका छन् ।

११ बजेको स्थायी समितिका लागि अधिकांश स्थायी कमिटी सदस्यहरु बालुवाटार पुगेका थिए ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलका लागि समय अभाव भएपछि दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको जुगलले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७