अर्थ/विजनेस समाचार हेडलाईन न्युज

मेलम्ची सुरूङको ढोका फुट्दा २ जना बेपत्ता, आयोजना प्रभावित

सुनकोशी न्युज
२०७७ असार ३० मंगलबार
सिन्धुपाल्चोक । मेलम्चीको पानी भरिएको सुरुङको गेट फुट्दा पानीले बगाएर दुई कामदार बेपत्ता भएका छन् ।

आज दिउँसो १२ ः ३० बजे पानी भरिएको मेलम्ची सुरुङको गेट फुट्दा पानीले बगाएर त्याहाँ कार्यरत अन्दाजी ५५ बर्षिय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजी २५ बर्षिय इन्जिनियर शतिस गोईत बेपत्ता भएको सोही ठाउँमा कार्यरत कर्मचारी युबराज गिरीले जानकारी दिएका छन् ।

त्यस्तै कन्सल्त्यान्ट दोर्जे पेन्बा र इन्जिनियर शेखर खनाल घाइते भएका आयोजनाले जनाएको छ । घाइतेहरूलाई हेलिकप्टर मार्फत काठमान्डौ लगिएको छ। अन्य बेपत्ताको हेलम्बु प्रहरी र सेनाले खोजी गरिरहेको छन्।

गेट फुटेपछि आएको बाढीले मेलम्चीको बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएको छ । क्ष्तिको थप बिवरण आउन बाँकी रहेको प्रहरलिे जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनामा एक साताअघि सुरुङ परिक्षणका लागि पानी भरिएको थियो । अबको केही समयमा मेलम्चीको पानी काठमाण्डौं उपत्काबासीको घरघरमा आउने सपनामा यो घटनाले असर गर्नेसक्ने बताइएको छ ।

प्रकाशित मिति: मङ्लबार, असार ३०, २०७७